Logo

२०८३, आश्विन ९गते


images
images

सगरमाथा आवासीय माविमा खेलकुद सप्ताह सुरू

सगरमाथा आवासीय माविमा खेलकुद सप्ताह सुरू

images
  • सगरमाथा आवासीय माविमा खेलकुद सप्ताह सुरू
    images
    images

    देवदह । देवदह —७, शीतलनगरमा अवस्थित  सगरमाथा आवासीय माध्यमिक विद्यालयमा खेलकुद सप्ताह सुरू भएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको खेल प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको खेल सप्ताहको शुक्रबार औपचारिक रूपमा सुरुवात गरिएको छ । 

    images
    images
    images

    खेल सप्ताह सुरुवातको औपचारिक कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले खेल जीवनको अभिन्न अङ्ग भएकोले दैनिक जीवनमा उपयोग गर्नुपर्ने बताए । सगरमाथा माविले शैक्षिक गुणस्तर र बाल प्रतिभा उजागर गर्ने कार्यलाई संगसंगै अघि बढाएको उल्लेख गर्दै उनले राष्ट्र र समाजलाई आवश्यक सबैखाले जनशक्ति उत्पादनमा विद्यालयले भूमिका खेल्नुपर्नेमा जोड दिए । 

    images
    images
    images

    कक्षा २ देखि कक्षा १० सम्मका विद्यार्थीहरुको सहभागिता रहने खेल सप्ताहको पहिलो दिनको खेलमा सव जुनियर तर्फको ५० मि. दौडमा छात्र तर्फ आर्विन जोगी थारु प्रथम, सगुन देवकोटा द्धितीय, अस्मिता अधिकारी  ले तृतीय स्थान हासिल गरे  भने छात्रा तर्फ सुष्मा  थापा प्रथम, रोशनी श्रीष द्धितीय, जेनिशा अर्याल ले तृतीय स्थान हासिल गरे । 

    images
    images
    images

    त्यसैगरी जुनियर तर्फको १०० मि. दौडमा छात्र तर्फ सगिन देवकोटा प्रथम, आर्विन जोगी थारु द्धितीय, परिचित भुसाल ले तृतीय स्थान हासिल गरे  भने छात्रा तर्फ जेनिशा अर्याल प्रथम, सुष्मा थापा   द्धितिय, रोशनी श्रीषले तृतीय स्थान हासिल गरे । सिनियर  तर्फको ४×५० मि. दौडमा छात्र तर्फ रेड हाउसका लभसन गाहा, सौरभ रसाईली, आदित्य लम्साल, आयुब थापा, प्रथम, ब्लु हाउसका कृतिक बानिया, आयुष हमाल, बसन्त विक, सुशान्त रायमाझी द्धितीय, ऐल्ले हाउसका आशीष भण्डारी, रिदम पराजुली, सचिन थापा, युगिन गुरुङले तृतीय स्थान हासिल गरे  भने छात्रा तर्फ रेड हाउसका स्मृति न्यौपाने, अलिशा गाहा, अप्सना गाहा, साहाना पुन प्रथम, ग्रीन हाउसका राधा बराल, शिवानी सारू, अनिता बराल, आकांक्षा रोका द्धितीय भए ।  

    त्यसैगरी लंग जम्प छात्र तर्फ बिधान राना प्रथम, स्पर्श राई द्धितीय, ईशान सुनारले तृतीय स्थान हासिल गरे भने छात्रा तर्फ संचिता रसाईली प्रथम, सनिक्षा खत्री र कृष्टि पौडेल द्धितीय, रोजी पुनले तृतीय स्थान हासिल गरे हाई जम्प छात्र तर्फ सक्षम थापा प्रथम, विशाल सुनार द्धितीय, समीर खत्रीले तृतीय स्थान हासिल गरे भने छात्रा तर्फ  सनिक्षा खत्री प्रथम, संचिता रसाईली द्धितीय, भावना थापाले तृतीय स्थान हासिल गरे । 

    विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख जीवन तामाङ्गको विशेष सक्रियतामा सम्पन्न भएको उक्त कार्यक्रममा खेल शिक्षक सुजता राना र खेल प्रशिक्षक रामु पाण्डेले रेफ्रीको भुमिका निर्वाह गरेका थिए । खेलको संयोजन शिक्षक अजय थापाले गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।