दुबई । युएईका लागि नेपाली राजदुत तेजबहादुर क्षेत्रीले युएईमा नेपालीहरुलाई ठग्ने र समस्यामा पार्नेहरुलाई कारबाहीको दाँयरामा ल्याउने बताएका छन । यहाँ नेपालीलाई भिजिट भिसामा ल्याउने र अलपत्र पार्ने, रोजगारी दिन्छु भन्दै ठग्ने र समस्यामा पार्ने धेरै नेपालीनै भएको भन्ने सूचना दुतावासमा आएकोबारे बताउदै राजदुत क्षेत्रीले त्यसरी ठग्ने र समस्यामा पार्नेहरुको प्रमाण सहित दुतावासमा बुझाउन संघसस्था तथा यहाँ रहेका नेपालीलाई आग्रह गरेका हुन ।
राजदुत क्षेत्रीले प्रमाण सहित आउने विवरणको सहयोगमा समस्या समाधान तथा कारबाहीको दाँयरामा ल्याउन सकिने भएकाले दुतावासलाई सहयोग गर्न अनुरोध गरेका हुन । राजदुत क्षेत्रीले दुतावास यहाँ रहेका संघसस्था तथा नेपाली समुदाय सँग सहकार्य गर्दै दुतावासलाई सबै श्रमिकले अपनत्व गर्ने साझा घर बनाउने प्रतिबद्धता गरेका हुन्।
चौथो पूर्ण राजदुतका रूपमा युएई आएका राजदुत क्षेत्रीलाई स्वागत गर्न एनआरएन युएईले यहाँका संघसस्थाको सहभागीतामा आइतबार दुबईमा आयोजना गरेको कार्यक्रममा बोल्दै राजदुत क्षेत्रीले नेपालीलाई परेको समस्या सक्दो छिट्टो दुतावासलाई जानकारी गराएर सहयोग गर्न संघसस्थालाई आग्रह गर्दै यहाँ कार्यरत नेपालीलाई कानुनी सचेतना आवश्यकता भएको उल्लेख गरे ।
युएई सुरक्षित गन्तब्यमुलुक भएकाले यहाँ अन्य थुप्रै अवसर भएको बताउदै राजदुतक्षेत्रीले युएईबाट नेपालमा लगानी भित्राउन, व्यापारिक सम्बन्ध बढाउन र अन्य थुप्रै बिषयमा दुतावासले काम गरिरहेको बताउदै युएई सरकारले नेपालीलाई हेर्ने दृष्टिकोण सकरात्मक भएको आफुले पाएको उल्लेख गरे । आंफुले यहाँ आएर गरेका उच्चस्तरिय भेटघाटका क्रममा युएईका मन्त्री, उच्चस्तरिय अधिकारीहरुले नेपालीको प्रशंशा गर्ने गरेको पाएको राजदुत क्षेत्रीले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology