देवदह । सवारी दुर्घटनामा परि देवदहमा एक जनाको मृत्यु भएको छ । देवदह नगरपालिका वडा नं. ४ सिगाहामा गए राति भएको सवारि दुर्घटनामा परी ३५ वर्षिय एक युवाको मृत्यु भएको हो ।
गएराति १०:४० बजेतिर खैरेनीबाट दक्षिणतर्फ जादै गरेको लु ५ प २३२९ नं. को रातोकालो रंगको मोटरसाइकल दुर्घटनामा परि मोटरसाइकल चालक देवदह-४ सोइया टोल बस्ने करिब ३५ वर्षीय ईश्वर सोमैको घटना स्थलमै मृत्यु भएको देवदह प्रहरी कार्यालयका इन्चार्ज डाक्टर प्रसाद चौधरीले जानकारी दिए ।
सडक छेउको पोखरीमा पल्टेको आवस्थामा भेटिएका सोमैलाई देवदह मेडिकल कलेज पुर्याइए लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनाको कारणबारे सोधिएको प्रश्नमा प्रहरीले हालसम्म घटनाको कारण पत्ता नलागेको र अनुसन्धान जारी रहेको बताएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology