Logo

२०८३, आश्विन ९गते


images
images

 पोखरामा पञ्चासे अल्ट्रा रेस प्रतियोगिता हुँदै  

 पोखरामा पञ्चासे अल्ट्रा रेस प्रतियोगिता हुँदै  

images
  •  पोखरामा पञ्चासे अल्ट्रा रेस प्रतियोगिता हुँदै  
    images
    images

    पोखरा |  पोखरामा पञ्चासे अल्ट्रा रेस हुने भएको छ । कात्तिक १८ र १९ गते प्रतियोगितामा ४ वटा इभेन्ट हुने आयोजक पञ्चासे अल्ट्रा रेस सिरिजका संस्थापक राजीव श्रेष्ठले बताए ।

    images
    images
    images

    प्रतियोगिता ८० किलोमिटर, ५५ किलोमिटर, २५ किलोमिटर र ७ किलोमिटरमा छुट्टाछुट्टै प्रतिस्पर्धा तय छ । पोखराको सेरोफेरोका पहाडका थुम्का हेर्दै दौडिने गरी रुट तय गरिएको श्रेष्ठले सुनाए । अल्ट्रा रेस खेल प्रतियोगितामात्र नभएर खेल पर्यटनलाई बढावा दिन आयोजना गरिएको उनले प्रष्ट पारे ।

    images
    images
    images


    दौडमा अमेरिका, बेलायत, भियतनाम लगायत देशहरुका धावक सहभागी हुनेछन् । ८० किलोमिटर दौड लुम्रेबाट बिहान ४ बजे सुरु हुनेछ । लुम्रे हुँदै लोक्याम्प, बादल डाँडा, प्रितम देउराली, पञ्चासे भञ्ज्याङ, पुम्दीको शिव मन्दिर हुँदै लेकसाइडको खपौदीमा आएर सकिन्छ । यस्तै, ५५ किलोमिटरको दोस्रो इभेन्ट कोमागाने पार्कबाट बिहान ६ बजे सुरु हुन्छ ।

    images
    images
    images

     
    यो प्रतियोगिता शान्ति स्तूप, भञ्ज्याङ, नागडाँडा, कास्कीकोट, सराङकोट हुँदै खपैदीमै आएर सकिनेछ । तेस्रो २५ किलोमिटरको इभेन्ट कोमागाने पार्कबाट बिहान ८ बजे सुरु भई स्तूप, भञ्ज्याङ हुँदै सेदी आएर सकिनेछ । ७ किलोमिटरको इभेन्ट बिहान साढे ८ बजे कोमागने पार्कबाट सुरु भएर सेदी हुँदै पामेबजारमा आएर सकिनेछ ।

    प्रतियोगिताका विजेता महिला र पुरुषले थाइल्यान्डमा हुने अल्ट्रा रेसमा सहभागी हुन पाउने अवसर पाउने छन् । दोस्रो हुने महिला, पुरुषले १५ हजार र तेस्रो हुनेले ७ हजार नगद प्राप्त गर्ने छन् ।

     
    प्रतियोगितामा धावक हरि रोकायालाई नगदसहित सम्मान गरिनेछ । यसअघि धावक मिरा राईलाई सम्मान गरिएको थियो । यसअघि पञ्चासे अल्ट्रा रेस सिरिजले रानीवन रेस, काहुँडाँडा रेस, प्याडी रेस, चेसिङ रेस प्रतियोगिता आयोजना गरेको संस्थापक राजीव श्रेष्ठले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।