काठमाडौं। जापानमा यसै साता सुरु हुने टोकियो २०२० ओलम्पिकमा सहभागिता जनाउन पुगेका युगान्डाका एक खेलाडी आफ्नो होटेलबाट भागेका छन्। २० वर्षीय भारोत्तोलन खेलाडी जुलिअस सेकितोलेको प्रशिक्षण क्याम्पमा रहेको बेलामा होटेलबाट नै फरार भएका हुन्।
शुक्रबार गरिएको नियमित कोरोना परिक्षणमा सहभागी नभएपछि उनको कोठामा खोज्न जाँदा उनी त्यहाँ नरहेको थाहा भएको थियो। गत महिना नै जापान आइपुगेर प्रशिक्षणमा रहेको टोलीका एक खेलाडी र एक प्रशिक्षकमा गत महिना कोरोना संक्रमण देखिएको थियो। त्यसयता टोली ओसाकाको इजुमिसनोमा प्रशिक्षण गरिरहेको थियो।
युगान्डाको भारोत्तोलन संघका अध्यक्ष सलिम मुसोकेले जुलिअस प्रतियोगितामा सहभागी हुन अयोग्य रहेपछि केहि दिनमा नै फर्कने तयारीमा थिए। उनलाई उद्घाटन समारोह अघि नै स्वदेश फर्काउने तयारी भइरहेको थियो। तर तीन दिनअघि मात्र आफैं कुरा गरेका खेलाडी गायब हुँदा आफैं आश्चर्यमा परेको मुसोकेले बताएका छन्। सबै खेलाडी र अफिसियलले आफ्नो पासपोर्ट बुझाएको उनले बताए।
अध्यक्ष मुसोकेले चाडो भन्दा चाडो उक्त खेलाडीलाई सरकारले खोजेर स्वदेश फर्काउन सहयोग मागेका छन्। इजुमिसनो सहरका प्रवक्ता युजी फुकुओकाले आफूलाई यस घटनाबारे जानकारी रहेको र खोजी कार्य सुरु भइसकेको बताएका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology