देवदह । देवदह नगरपालिकाको वडा नं. ५ बालमैत्री वडा घोषणाको लागि आवश्यक सूचक पुरा गर्न निरन्तर लागिपरेको छ । जसको लागि वडा कार्यालयले वडा अन्तरगतका सबै टोल र सबै विद्यालयमा अभियान संचालन गरिरहेको छ।
बालमैत्री वडा घोषणा कै अभियानमा देवदह-५ ले ५९औं बाल दिवस मनाएको छ । बालमैत्री बाताबरण, बालमैत्री मापदण्ड, सुचकहरुको पुर्णताको लागि टोल स्तरीय प्रशिक्षण कार्यक्रम गरेको छ । आगामी फाल्गुन २ गते बालमैत्री वडा घोषणा गर्ने दौडमा जुटेको वडा कार्यालयले बालदिवसमा टोलहरूमा प्रशिक्षण मात्र गरेको छैन, वडा अन्तरगतका विद्यालयहरूमा बालदिवस विशेष प्रतियोगिता तथा प्रतिभा प्रदर्शनका लगायतका कार्यक्रम संचालन गरेको छ।

वडाका विभिन्न २१ वटा टोललाइ ४ भागमा बाडेर प्रशिक्षण चलाइएको वडा अध्यक्ष समेत रहेका नगर प्रवक्ता गणेश डुम्रेले जानकारी दिए। जस अन्तरगत दुर्गा नगर टोल, नमुना हरियाली टोल, सगरमाथा टोल, माथागढी टोल, बैकुण्ठनगर टोल, सिद्धार्थकलोनी टोल, पाल्पालीटोल, आदर्श टोल, सत्यवती टोल, मितेरी टोल, सुन्दर टोल विकास संस्था, माथादेबी टोल विकास संस्था, मितेरी दुर्गा मन्दिर टोलको प्रशिक्षण सम्पन्न भएको वडा कार्यालयले जनाएको छ।
शुक्रबार सम्पन्न प्रशिक्षणमा प्रशिक्षकहरू निर्मल ढूँगाना, राहुल देव सापकोटा र त्रिलोचन दाहालले बालमैत्री स्थानीय शासनका सूचक, यसको आवश्यकता र महत्वबारे वडाबासीलाई प्रशिक्षित गरेको वडा कार्यालयले जनाएको छ । प्रशिक्षणमा टोल विकास संस्थाका पदाधिकारी, विभिन्न बाल क्लब र बालसंजालका अध्यक्ष तथा पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरि स्कूल स्कूलमा प्रतियोगिता र बाल प्रतिभा प्रदर्शन कार्यक्रम अन्तरगत वडाले देवदह मदरर्टङ्स एकेडेमी (मदरर्टङ्स बाल क्लब) मा सामाजिक सद्भाव हाम्रो पहिचान, यसपालिको तीज विद्यार्थी अभियान विषयक तिज गित प्रतियोगिता, केरवानी माध्यमिक विद्यालय (केरवानी बाल क्लब ) मा बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी विषयक तीज गीत तथा नृत्य प्रतियोगिता, देवदह बुद्ध पब्लिक इ बो स्कुलमा प्रतिभा प्रदर्शन कार्यक्रम र न्यु लुम्बिनी इबो स्कुलमा बाल दिवस विशेष तीज गीत प्रतियोगिता लगायतका कार्यक्रम सम्पन्न गरेको छ ।
नगरपालिकामै पहिलोपटक वडा बाल प्रोफाइल तयार गरेको देवदह-५ ले बालमैत्री स्थानीय शासनका ५१ सूचकमध्ये अधिकांश सूचक पुरा भैसकेको र बाँकी केही सूचक पुरा गर्न अभियान संचालन गरिरहेको जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology