Logo

२०८३, श्रावण २७गते


images
images

बौद्धिक ज्ञानको साम्राज्यमा महिलाले हस्तक्षेप बढाउनुपर्छ : नेता पुन 

बौद्धिक ज्ञानको साम्राज्यमा महिलाले हस्तक्षेप बढाउनुपर्छ : नेता पुन 

images
  • बौद्धिक ज्ञानको साम्राज्यमा महिलाले हस्तक्षेप बढाउनुपर्छ : नेता पुन 
    images
    images

    बुटवल । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटि सदस्य गणेशमान पुनले बौद्धिक ज्ञानको साम्राज्यमा महिलाले हस्तक्षेप बढाउनुपर्ने बताएका छन्।  सोमबार प्रेस सेन्टर नेपाल रूपन्देहीले बुटवलमा आयोजना गरेको 'तीज पर्वको संरक्षण र सम्बर्धन विषयक अन्तरक्रियामा बोल्दै नेता पुनले महिलाहरूले नीति निर्माण तहमा भौतिक उपस्थितिसंगै बैचारिक हस्तक्षेप पनि बढाउनु पर्नेमा जोड दिए ।  

    images
    images
    images

    एकातिर महिला नेतृत्वले संविधानले व्यवस्था गरे अनुरुप बैचारिक हस्तक्षेप बढाउन नसकेको र अर्कोतर्फ़ प्राप्त उपलब्धि नै उल्ट्याउनेतर्फ केही स्वार्थ समूह लागिपरेको भन्दै नेता पुनले त्यसतर्फ पत्रकारको पनि ध्यान केन्द्रित हुनुपर्ने बताए ।     

    images
    images
    images

    'काठमाडौंमा इलाईट थिंक ट्यांकको एउटा समूहले अहिले पनि परिवर्तन विरोधी गतिविधि सक्रिय बनाउन भूमिगत छलफल संचालन गरिरहेको छ' उनले भने, 'सूरूमा संघीयता विरोधी बातावरण तयार गर्ने र अन्त्यमा सम्पूर्ण रुपमा परिवर्तन नै खारेज गरेर देशलाई प्रतिगमनमा लैजाने षड्यन्त्र अहिलेपनि जारी छ ।'

    images
    images
    images

    साच्चै सबै परिवर्तन उल्टयाउने हो भने सबै समावेशी समानुपातिक प्रणाली खारेज हुने र त्यसको शिकार महिला, दलित, आदिवासी-जनजाती, मधेशी र अल्पसंख्यक हुने उल्लेख गर्दै नेता पुनले त्यस विषयमा जनताको आवाज बोल्ने पत्रकारहरूको ध्यान जानुपर्ने तर्क गरे । तीज जस्ता पर्वहरूलाई समयानुकुल बनाउंदै यसलाई अधिकार प्राप्तिको सामाजिक, सांस्कृतिक र राजनीतिक आन्दोलनसंग जोडेर मनाउनुपर्ने उनको भनाइ छ। 

    सोही कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जनताका समस्यालाई मेनस्ट्रिम मिडियाले महत्व नदिएको बताए। गाउँमा बादरले किसानलाई सताएको, तराईमा हात्ती र बाघको आक्रमण बढेको, करोडौ मुल्यको काठ जंगलमा कुहिएर खेर गएको तर विदेशी शक्तिकेन्द्रको कारण समस्या हल गर्न नसकिएको उल्लेख गर्दै नेता बरालले संचारकर्मीले त्यतातिर ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

    अन्तरक्रियामा प्रेस सेन्टरका केन्द्रिय उपमहासचिव यानेन्द्र जिसी, नेपाल पत्रकार महसंघ रूपन्देही अध्यक्ष रामराजा पोखरेल, संचारिका समूह लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोल, प्रेस सेन्टरका केन्द्रीय सदस्य सरु राना, अग्रज पत्रकार नारायण सापकोटा, गुरुदत्त ज्ञवाली, प्रेस युनियन नेपाल रुपन्देही सभापति कविन्द्र नेपाल, समाजवादी प्रेस संगठन रुपन्देही उपाध्यक्ष उषा किरण, प्रगतिशील पत्रकार संघ रुपन्देही अध्यक्ष विरेन्द्र कुँवर लगायतले बोल्दै तीजको महत्व बारे चर्चा गरेका थिए । 

    प्रेस सेन्टर रुपन्देही अध्यक्ष विष्णु पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस सेन्टर जिल्ला उपाध्यक्ष एवं महिला विभाग संयोजक अम्बिका परियारको  सहजीकरण रहेको थियो ।

    कार्यक्रममा नेकपा माओवादी केन्द्रका रुपन्देही संयोजक निर्मल जिसी लगायत महिला नेतृ र रूपन्देहीका विभिन्न सन्चारमाध्ययमा कार्यरत  सन्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

    अन्तरकृयापछि आयोजित तीज मिलन कार्यक्रममा पत्रकारसंग नेकपा माओवादी नेताहरू समेत छमछमी नाचेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।