Logo

२०८३, श्रावण २७गते


images
images

सर्लाहीमा झडप, मलंगवामा बिहान ८ बजेसम्म कर्फ्यू

सर्लाहीमा झडप, मलंगवामा बिहान ८ बजेसम्म कर्फ्यू

images
  • सर्लाहीमा झडप, मलंगवामा बिहान ८ बजेसम्म कर्फ्यू
    images
    images

    सर्लाही ।  दुई पक्षबीच झडप भएपछि सर्लाहीको सदरमुकाम मलंगवामा कर्फ्यू जारी भएको छ। कृष्ण अष्टमीको मूर्ति बिसर्जनका क्रममा शुक्रबारदेखि दुई पक्षबीच उत्पन्न तनाव बढ्न नदिन शनिबार अपरान्ह ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्मका लागि जिल्ला प्रशासन कार्यालय सर्लाहीले कर्फ्यू जारी गरेको हो। 

    images
    images
    images

    शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जनका क्रममा मलंगवाको पुरानो बसपार्क क्षेत्रमा दुई पक्षबीच झडप भएको थियो। प्रहरीका अनुसार सोही विषयलाई लिएर शनिबार दिउँसो पनि झडप भएको छ।

    images
    images
    images

    अवस्था नियन्त्रणमा लिन आज दिउँसो प्रहरीले १३ सेल अश्रु ग्यास र पाँच राउण्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दिपेन्द्र पंजियारले जानकारी दिए। कर्फ्यू जारी गरेपछि अहिले अवस्था नियन्त्रणमा रहेको उनले बताए।

    images
    images
    images

    विवाद समाधान गर्न सर्वदलीय र सर्वपक्षीय बैठक बसेर सामाजिक सद्भाव कायम गर्न अपिल गर्दा पनि आज बिहानैदेखि तोडफोड, आगजनी ढुंगामुढा प्रहार, उच्छृङ्खल गतिविधि लगायतका विरोध प्रदर्शन भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।

    सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुन जान सक्ने स्थिति देखिएकाले पुरानो मलंगवा नगरक्षेत्र पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा अस्थायी प्रहरी चौकी र बाबा पेट्रोल पम्प) सीमा क्षेत्रभित्र कसैले आवतजावत गर्न नपाउने, भेला हुन नपाउने, बाहिर हिलडुल गर्न एवम् अरू कुनै प्रकारको उच्छृंखल गतिविधि गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको हो।

    आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कानून बमोजिम कारबाही समेत गर्न सक्ने चेतावनी दिइएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सर्लाही
  • # कर्फ्यू
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।