Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

वीरगञ्जमा कर्फ्यू हटाइयो : निषेधाज्ञा लागू

वीरगञ्जमा कर्फ्यू हटाइयो : निषेधाज्ञा लागू

images
  • वीरगञ्जमा कर्फ्यू हटाइयो : निषेधाज्ञा लागू
    images
    images

    पर्सा । पर्साका प्रमुख जिल्ला अधिकारीले वीरगञ्ज महानगर क्षेत्रमा जारी कर्फ्यू आदेश हटाउँदै निश्चित समयका लागि निषेधाज्ञा लागू गरिएको जानकारी दिएका छन् ।

    images
    images
    images

    जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम मिति २०८२ फागुन ११ गते बिहान ९:४५ बजेदेखि अर्को आदेश नभएसम्म लागू रहने गरी वीरगञ्ज महानगरपालिका का केही स्थानमा कर्फ्यू आदेश जारी गरिएको थियो ।

    images
    images
    images

    तर समग्र शान्ति-सुरक्षाको अवस्था क्रमशः सुधारोन्मुख देखिएको तथा सर्वपक्षीय बैठकको निर्णयका आधारमा सो कर्फ्यू आदेशलाई निरन्तरता दिन आवश्यक नदेखिएकाले आजै साँझ ४:३० बजेदेखि लागू हुने गरी कर्फ्यू हटाइएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जनाएका छन्।

    images
    images
    images

    यद्यपि अवस्था पूर्ण रूपमा सामान्य भइनसकेको भन्दै महानगरका तोकिएका क्षेत्रहरूमा बेलुकी ६ बजेदेखि भोलि बिहान ८ बजेसम्म कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेधाज्ञा जारी गरिएको छ ।

    निषेधाज्ञा पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ रानीघाट पुल उत्तरतर्फ पावर हाउस चोक र दक्षिणतर्फ घण्टाघर चोकसम्म रहने प्रशासनले जनाएको छ । प्रशासनले आदेश उल्लंघन गर्ने जो-कोहीलाई नियन्त्रणमा लिएर कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ । जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई संयमित र जिम्मेवार व्यवहार गर्न आग्रह गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कर्फ्यू
  • # वीरगञ्ज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।