अनिष पन्थी,गुल्मी । गुल्मीमा यो बर्ष पनि पुलचोक कप हुने भएको छ। पुलचोक स्पोर्टस क्लबको आयोजना चौथो पुलचोक कप हुने भएको हो।
पुलचोक स्पोर्ट्स क्लबको पाँचौ बार्षिकोत्सवका अवसरमा सदाका बर्षमा जस्तै यस बर्ष पनि गुल्मी जिल्ला भित्र रहेका माध्यमिक बिधालय स्तरिय छात्रा फुटबल आयोजना गर्न लागिएको क्लबका उपाध्यक्ष सन्तोष न्यौपानेले जानकारी दिए।
विगतका बर्षमा भन्दा यो बर्ष अलि फरक ढङ्गले पुलचोक कप आयोजना गरिने न्यौपानेले जानकारी दिए। पुलचोक कप असोज ११ गतेदेखि १३ गतेसम्म तम्घासको चिदिचौर खेलमैदानमा गरिने क्लबले जानकारी दिएको छ।
पुलचोक कप जिल्लाको सबैभन्दा ठूलो र भव्य कप भएको क्लबले बताएको छ।यस अगाडिका सबै पुलचोक कपको उपाधी सिद्धबाबा माध्यमिक बिधालय तम्घास गुल्मीले हात पारेको थियो।तेस्रो पुलचोक कपमा पालुखा माविलाइ ३-१ गोलले हराउदै सिद्धबाबाले ह्याटि्रक सहित उपाधी हासिल गरेको थियो।
पुलचोक क्लबले छात्राहरुको खेल राखेर आजसम्म राम्रो अस्तित्व कायम गरेको छ। महिलाहरु अगाडि बढन सक्देनन भन्ने जुन एउटा भ्रम छ त्यसलाइ चिर्न पुलचोक स्पोटस कलबले प्रत्येक बर्ष छात्रा फुटबल गर्दै आएको छ।क्लबले विगतका वर्षमा पनि आफ्नो बार्षिकोत्सवको अवसरमा छात्रा फुटवल प्रतियोगिता संचालन गर्दै आएको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology