Logo

२०८३, आश्विन ९गते


images
images

स्थानीय सरकार

 देवदहमा किन टिक्दैनन् 'हाकिम' ?

 देवदहमा किन टिक्दैनन् 'हाकिम' ?

images
  •  देवदहमा किन टिक्दैनन् 'हाकिम' ?
    images
    images

    देवदह । मुलुक संघीयतामा गएपछि संविधानले तीन तहको सरकार परिकल्पना गर्यो । तिनै तीन तह मध्येको जनताको सबैभन्दा नजिकको सरकार हो, स्थानीय सरकार । तर यही स्थानीय सरकारका प्रमुख प्रशासकीय अधिकृत समयभन्दा छिटो सरुवा हुने प्रवृत्तिले समस्या बढ्दै गएको छ । 

    images
    images
    images

     स्थानीय तहमा विकास तथा सार्वजनिक सेवा प्रवाहका काम गर्न जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारीहरुको महत्वपूर्ण भूमिका रहन्छ । जनताले जनप्रतिनिधिहरुलाई निति तथा कार्यक्रम निर्माण गरि समग्र विकास र समृद्धिका लागि निर्वाचित गरेका हुन्छन् । जनप्रनितिधिहरुले निर्माण गरेको सो निति तथा कार्यक्रमलाई पूर्ण रुपमा कार्यन्वयन गर्ने काम प्रमुख प्रशासकिय अधिकृत नेतृत्वको कर्मचारीहरूको हुन आउँछ।  

    images
    images
    images

    निजामती कर्मचारी ऐन २०४९ कोे दफा १८ को उप दफा ३ (क) र (ख) मा पहाडी तथा हिमाली जिल्लामा डेढ वर्ष र तराइमा कम्तीमा दुई वर्ष पुरा भएपछि मात्र कर्मचारी सरुवा हुुने व्यवस्था छ । तर, देवदह नगरपालिकामा यो प्रावधानको लागु हुन सकेको छैन। 

    images
    images
    images

    स्थानीय तहको कार्यकारी भूमिका सहितको प्रमुख प्रशासकीय अधिकृत बदलिरहने र तल्लो स्तरमा कर्मचारी अभाव भएको जनप्रतिनिधिको गुनासो छ । संघीय सांसद, प्रदेश सांसद र नगरपालिकाकै प्रमुख–उपप्रमुखले आफू अनुकूलका अधिकृत खोज्दा छिटोछिटो सरुवा हुने गरेको नाम नखुलाउने शर्तमा देवदह नगरपालिकाका एक कर्मचारी बताउँछन् । ‘आफूले भनेको कार्यकारी सरुवा गर्न जनप्रतिनिधिदेखि पहुँचवाला नेता र सांसदसम्मको दबाब आउँछ,’ ती कर्मचारीले भने, ‘आफू अनुकूलका नभए हाजिर नै नगराई फिर्तासम्म पठाउँछन् ।’ नेता, सांसद र स्थानीय तहका प्रमुखको स्वार्थ नमिल्दा प्रमुख प्रशासकीय अधिकृत  चेपुवामा पर्ने गरेको ती कर्मचारीको अनुभव छ ।

    चित्त बुझाउन नसक्दा टिक्न मुस्किल ! 

    स्थानीय तहमा जनप्रतिनिधि एउटा राजनीतिक दलबाट निर्वाचित हुन्छन् ।  दैनिक प्रशासन संचालन गर्ने, सेवाग्राहीलाई सेवा प्रदान गर्ने र पालिका प्रमुखले अह्राएको काम गर्नु प्रशासकीय अधिकृतको जिम्मेवारी र दायित्व हुन जान्छ । प्रमुखको आदेश पालना गरेर काम गर्दा अरु दललाई वा अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाइ त्यो अपाच्य सक्छ । कतिपय अवस्थामा प्रमुखसंग नै प्रमुख प्रशासकीय अधिकृतको स्वार्थ बाझिन्छ । अधिकांश स्थानीय तहमा एउटा दलको प्रमुख र अर्को दलबाट उपप्रमुखसहित जनप्रतिनिधि निर्वाचन जितेर आएका हुन्छन् । ती सबैको चित्त बुझाएर काम गर्नका लागि प्रमुख प्रशासकीय अघिकृतले थुप्रै चुनौतीको सामना गर्नुपर्ने हुन्छ । धेरै चुनौती र दबाब कारण इमान्दार प्रमुख प्रशासकीय अधिकृतले स्थानीय तहमा बसेर काम गर्न नचाहेको एक पुर्व प्रशासकीय अधिकृत बताउछन ।

    त्यतिमात्र होइन, पालिका प्रमुख वा जुन राजनीतिक दलले अन्यत्रबाट सरुवा गरेर प्रमुख प्रशासकीय अधिकृत ल्याएका हुन्छन, तिनै जनप्रतिनिधि र राजनीतिक दललाई नै खुसी पार्न सकस हुने केही कर्मचारी बताउछन। नाम नबताउने शर्तमा एक कर्मचारी भन्छन, "जसले ल्याएका हुन्, उनकै स्वार्थ पुरा हुन पाएन भने अनेक दबाब दिएर हाकिम सा'बलाई सरूवा हुन बाध्य पार्छन, त्यसैले स्थानिय तहमा काम गर्न निकै गार्ह्यो छ। कति बेला केमा फसिन्छ भन्ने हुन्छ  र हाकिम सा'बलाई आफै सरुवाको लागि मन्त्रालय धाउन बाध्य हुने अवस्था आउछ।"

    देवदहमा ९ वर्षमा ११ 'हाकिम' 

    देवदह नगरपालिकामा कार्यालय प्रमुखहरूको नामावली रहेको रेकर्ड बोर्डका अनुसार २०७१ देखि २०८० सम्म ११ जना अधिकृतहरूको आवतजावत देख्न सकिन्छ। नगरपालिकाको रेकर्ड अनुसार पालिकामा सबैभन्दा कम टिक्ने कार्यकारी प्रमुखमा राम प्रसाद सापकोटा छन्। २०७३ माघ २४ गते हाजिर गरेका सापकोटा २६ दिन मात्रै देवदहमा बिताएर फाल्गुन २० गते सरुवा भएका छन्।  त्यसैगरी अर्का कार्यकारी अधिकृत अमरनाथ ढकाल पनि एक महिना भन्दा कम समय मात्रै देवदहमा रहेका छन्। २०७३ फाल्गुन ९ गते देवदह आएका उनी चैत ७ गते सरुवा भए। 

    एक महिना बढी र एक वर्षभन्दा कम समय नगरपालिकामा टिक्ने कार्यकारी प्रमुखमा टेकराज भट्टराई ४ महिना, प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डे ५ महिना र हरिदत्त कंडेल ६ महिना रहेका छन्। देवदह नगरपालिकामा दुई वर्ष पुरा गर्नेमा कार्यकारी अधिकृत गणेश घिमिरे र प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेलबासे रहेका छन्। 

    'अब्बल प्रशासनिक क्षमता भएका' प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेललाई एक वर्ष काट्न मुस्किल ?

    उत्कृष्ट नगरपालिकाको रूपमा परिचित तिलोत्तमा नगरपालिकाको समेत प्रशासनिक नेतृत्व गरिसकेका 'अब्बल प्रशासनिक क्षमता भएका हाकिम' भनेर चिनिएका उपसचिव प्रदिप पौडेललाई देवदहमा एक वर्ष मात्रै टिक्न पनि निकै मुस्किल परेको देवदहमा एक जनप्रतिनिधि बताउछन। उनी भन्छन, "उनलाई जसले ल्याएका थिए, उनैले काम गर्न दिएनन। सुरुवाती दिनमा हाईहाई बनाईएका उनले जब आफ्नो निर्णय क्षमता देखाउन थाले र जनप्रतिनिधिका अस्वाभाविक स्वार्थ विपरित जान थाले तब उनको खेदाई सुरू भयो।" उनी अगाडि भन्छन, "पौडेल सरुवा माग्न कैयौं पटक मन्त्रालय पुगेको मलाई जानकारी छ।"  पछिल्ला दिनहरूमा उनलाई काम गर्नेभन्दा बढी कसरी सरुवा भएर अन्यन्त्र जाने भन्ने चिन्ताले पिरोलेको ती जनप्रतिनिधिको भनाई छ। 

    उपसचिव पौडेलले जाँदाजाँदै सेतोमसीका पत्रकार राहुलदेव सापकोटासंगको छोटो कुराकानीमा समेत आफ्नो कार्यकालमा धेरै काम भएको र मुलत: राजश्वको क्षेत्रमा आफुले बढी काम गरेको बताएका थिए। एक कार्यपालिका सदस्यका अनुसार नदिजन्य पदार्थको राजस्व संकलनको विषयमा पौडेल निकै कडा थिए भने कार्यपालिकाका सदस्यहरू केही नरम । ती कार्यपालिका सदस्य भन्छन, "अबैध रूपमा संकलन गरिएका नदिजन्य पदार्थ जफत र बैध रूपमा जम्मा गरिएको तर समयमै 'स्टक क्लियर' नभएको नदिजन्य पदार्थबाट झन्डै आधा करोड राजश्व संकलन हुनुपर्ने अडान लिएका पौडेल सोही अनुसार हुँदैन भने आफु बैठकमै नबस्ने भन्दै झोला बोकेर हिडेपछि नियमानुसार जरिवाना लगायर राजश्व संकलन गर्ने बाताबरण बनेको थियो।"

    देवदह नगरपालिकामा कर्मचारी समयमै कार्यालय नआउने लगायतको बेथिति रोक्न पौडेलले ठिक १० बजे कर्मचारी नगरपालिका प्रांगणमा पुगेर राष्ट्रियगानमा सहभागी हुनुपर्ने नियम बसालेका थिए।  उनी आफै पनि उक्त कार्यमा निरन्तर सहभागी हुने गर्थे । 

    सरसफाईमा जुट्दै प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा 

    संयोगले प्रदिप पौडेलको सरुवापछि देवदहमा आएका कृष्ण प्रसाद सापकोटा पनि तिलोत्तमा कै पुर्व प्रमुख प्रशासकीय अधिकृत हुन्। यसअघि बर्दघाट नगरपालिकामा रहेका उनी टिम निर्माण गर्न र आफ्नो टिमलाई परिचालन गर्न सिपालु रहेको देवदहका एक युवा बताउछन। फरक खालको काम गर्ने र मिडियामा छाईरहने उनी समसामयिक विषयमा लेख रचना कोर्न र प्रकाशन/प्रशारण गर्नमा पनि अगाडि छन्। 

    सापकोटा कार्यालयमा हाजिर भएको अर्को दिनबाटै नगरपालिका परिसर सरसफाईमा जुटिरहेका छन्। जनप्रतिनिधि, कर्मचारी र स्थानिय नागरिकसमेत उनको सरसफाई अभियानमा  जोडिएका छन्। सामाजिक संजालमा 'हुने बिरुवाको चिल्लो पात' भन्दै उनको प्रशंसा भैरहेको छ। 

    प्रमुख प्रशासकीय अधिकृत सापकोटा यसैगरी सबैको नजरमा 'चिल्लो पात' भएर लामो समयसम्म देवदहको प्रशासनिक नेतृत्व हाक्दै देवदह नगरपालिकाको प्रशासनिक सुधारको मिठो फल बनेर फल्छन या अनेक स्वार्थ समूहको अगाडि गल्छन, त्यो समयले देखाउला ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।