देवदह । रुपन्देहीको देवदह नगरपालिकामा रहेको नेपाल रेडक्रस सोसाइटी देवदह उपशाखाद्वारा प्रधानाध्यापक संरक्षक गोष्ठी सम्पन्न भएको छ । देवदह नगरपालिकाभित्र रहेका सामुदायिक तथा निजि विद्यालयका प्रधानाध्यापकहरुको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्लाका सभापति दिपक क्षेत्रीले प्रधानाध्यापक आफ्नो विद्यालयको रेडक्रसका संरक्षक रहेको र संरक्षकले नै सहि ढङ्गबाट जुनियर युवाहरुलाइ परिचालित गर्न सके रेडक्रसको गरिमा बढ्ने र जुनियर युवाहरुलाइ मानवीय कार्य गर्न प्रेरणा मिल्ने बताए ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै नेपाल रेडक्रस सोसाइटी देवदह उपशाखाका सभापति कृष्ण प्रसाद न्यौपानेले उपशाखाले २०८० मा सम्पन्न गर्ने कार्यक्रमहरुको वार्षिक कार्ययोजनाहरु प्रस्तुत गरेका थिए।
कार्यक्रम नेपाल रेडक्रस सोसाइटी देवदह उपशाखाका सभापति कृष्ण प्रसाद न्यौपाने अध्यक्षता, ग्रीनप्लान्ट आवासीय माविका प्राचार्य राजिब सापकोटाको स्वागत र नेपाल रेडक्रस सोसाइटी देवदह उपशाखाका सचीव सरोज न्यौपानेको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology