Logo

२०८३, श्रावण २७गते


images
images

रेड्क्रस देवदहद्वारा उपशाखा स्तरिय बक्तृत्वकला प्रतियोगिता सम्पन्न 

रेड्क्रस देवदहद्वारा उपशाखा स्तरिय बक्तृत्वकला प्रतियोगिता सम्पन्न 

images
  • रेड्क्रस देवदहद्वारा उपशाखा स्तरिय बक्तृत्वकला प्रतियोगिता सम्पन्न 
    images
    images

    राहुल देव सापकोटा, देवदह । रुपन्देहीको देवदहमा नेपाल रेडक्रस सोसाइटी देवदह उपशाखा द्वारा उपशाखा स्तरिय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।  "जहाँ दुख, त्यहाँ रेडक्रस" भन्ने नारालाइ जोड दिँदै उक्त प्रतियोगिता आयोजना गरिएको हो । 

    images
    images
    images

    भाद्र १९ गते रेड्क्रस दिवशको अवसरमा संचालन हुने जिल्ला स्तरिय बक्तृत्वकला प्रतियोगिताका लागि देवदह उपशाखा बाट यो छनोट परिकृया रहेको र प्रथम र द्वितीय हुने बिद्यार्थी भाद्र १९ गते नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देहीको सभाहल भैरहवामा हुने कार्यक्रममा प्रतियोगीको रुपमा सहभागी हुने नेपाल रेडक्रस सोसाइटी देवदह उपशाखाका अध्यक्ष कृष्ण प्रसाद न्यौपानेले बताए। 

    images
    images
    images

    सो प्रतियोगितामा निर्णायकमन्डलको संयोजकको रुपमा नवराज भण्डारी र सस्दस्य को रुपमा राजकिरण अर्यालले भुमिका निर्वाह गरेका थिए। 

    images
    images
    images

    प्रतियोगितामा ग्रीनप्लान्ट आवसिय माविका छात्र आर्यन धमला प्रथम, बुद्ध पब्लिक आवसिय माबिका छात्र आशिष भट्टराई द्वितीय, सीता माबिकी छात्रा करिस्मा मगर तृतीय र देवदह माबिकी छात्रा कृष्टिना नयौपानेले सान्तवना स्थान हासिल गरेका थिए। 

    कार्यक्रम नेपाल रेडक्रस सोसाइटी देवदह उपशाखाका अध्यक्ष कृष्ण प्रसाद न्यौपानेको अध्यक्षता, नेपाल रेड्क्रस सोसाइटी देवदह उपशाखाका सदस्य बिकास गहतराजको स्वागत र नेपाल जुनियर युवा रेड्क्रस सर्कल बुद्ध पब्लिक आवसिय माबिका शिक्षक नायक ढुन्डीराज मरासिनीको संचालनमा सम्पन्न भएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल रेडक्रस सोसाइटी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।