Logo

२०८३, आश्विन ९गते


images
images

हराएको २८ दिनपछि शौचालयको सेफ्टी ट्यांकीमा भेटियो सुजिताको शव

हराएको २८ दिनपछि शौचालयको सेफ्टी ट्यांकीमा भेटियो सुजिताको शव

images
  • हराएको २८ दिनपछि शौचालयको सेफ्टी ट्यांकीमा भेटियो सुजिताको शव
    images
    images

    काठमाडौं। एक महिनादेखि महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हराइरहेकी थिइन्। आफन्त र माइती पक्षले उनको ह'त्या भएको आशंका गरे। धेरै पटक सुजिताका आफन्तहरुले प्रहरीमा छोरीको ह'त्या भएको गुनासो गर्दै खोजी गरिदिन आग्रह गरेका थिए। तर महोत्तरीका प्रहरी प्रमुख दिनश आचार्यले यो विषया ध्यान दिएका थिएनन्।

    images
    images
    images

    उनी हराएको भन्दै आफन्तहरुले मधेशी आयोग, महिला अधिकार आयोगलाई समेत आग्रह गरेका थिए। ती दुवै आयोगले महोत्तरी प्रहरीलाई खोजवीनको लागि पत्रचार गरेको भए पनि महोत्तरी प्रहरीले वेवास्था गरेको आरोप लागिरहेका बेला आइतबार उनै सुजिताको शव प्रहरीले घर नजिकैको सेफ्टी ट्याङ्कीबाट उत्खनन् गरेको छ।

    images
    images
    images

    प्रदेश प्रहरी कार्यालयले महोत्तरी प्रहरीको सहयोगमा अनुसन्धान शुरु गरेपछि सुजिता हराएको २८ दिनपछि शव फेला परेको छ। प्रदेश प्रहरी प्रमुख उमेश रञ्जितकारका अनुसार सुजिता हराएको एक महिनापछि प्रहरीले विशेष सुराकीका आधारमा खोजी गर्दा निर्माणाधीन पेट्रोल पप्पको शौचालयको ट्याङ्कीभित्र फेला परेको हो। शव फालेर ट्याङ्कीमाथि प्लास्टर गरिएको थियो। सुराकीपछि प्रहरीले प्लास्टर फुटाएर आइतबार दिउँसो शव निकालेको छ। ‘उनी जेठ २० गते हराएकी रहिछिन्, उनका आफन्तहरु प्रदेश प्रहरीसम्म उजुरी लिएर आएपछि हामीले पनि अनुसन्धान शुरु गरेका थियौ’, डिआइजी रञ्जितकारले भने।

    images
    images
    images

    प्रहरीका अनुसार सुजिताको जेठ २० गते देवर, ससुरा, देवरानीसहितको संलग्नतामा हत्या भएको हुनसक्ने आशंका छ। ‘उनी हराएपछि प्रदेश २ मा सामाजिक काम गरिरहेका अभियन्ताहरुले पनि सहयोग गर्नुभयो उहाँहरुको सहयोपनि महत्वपूर्ण छ’, डिआइजी रञ्जितकारले भने।

    सामाजिक अभियन्ता सरोज राय र गुञ्जा राय सुजिताको खोजीमा लागेका थिए। उनीहरुले नै प्रहरीलाई सहयोग गर्दै आएका थिए। प्रहरीले सुजिताको ह'त्या आरोपमा देवर रुपेश र श्रीमान् मुकेश ठाकुरलाई नियन्त्रणमा लिएको छ। अहिले दुबैजना प्रहरी हिरासतमा छन्। माइती पक्षले सुजिताको ह'त्या दाइजोको कारण भएको आरोप लगाएको छ। तर सुजिताका ससुराले उनी परपुरुषसँग हिमचिम भएकाले अरु नै कसैले ह'त्या गरेको हुनसक्ने भन्दै आएका छन्।

    प्रहरीले ह'त्यामा संलग्न सबैलाई प'क्राउ गरिसकेको दावी गरेको छ। सुजिताका पति भने सुस्त मनिस्थितिका भएकाले श्रीमतीको ह'त्या वा अन्य केही भन्ने विषयमा जानकारी दिन र राख्न सक्ने अवस्थामा छैनन्। प्रहरीका अनुसार सुजिताको ह'त्या के कति कारणले भयो भन्नेबारेमा खुलेको छैन। महोत्तरी प्रहरीले सोमबार मात्रै यसबारेमा जानकारी दिने बताएको छ। सुजिताका ९ वर्षकी छोरी र ५ वर्षको छोरा छन्। छोराले आमालाई कुटपीट गरेको भन्ने जानकारी प्रहरीलाई दिएपछि सुजिताको ह'त्या भएको आशंकामा थप खोजबीन गर्दै आएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।