सिन्धुली । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने प'क्राउ एक जनालाई प्रहरीले प'क्राउ गरेको छ । गोलन्जोर गाउँपालिका ७ खुर्कोट बजारमा ड्युटीमा खटिएको प्रहरीलाई नगद २ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा महोत्तरी बर्दिबास नगरपालिका १ बस्ने २२ वर्षीय कुजर अली शनिबार राति प'क्राउ परेका हुन् ।
काठमाडौंबाट बर्दिबासतर्फ जाँदै गरेको बा.१२ च १६८२ नम्बरको गाडी प्रहरी चेक पोइन्टमा ईन्ट्री गर्न आउँदा भेटनरी कागजको भित्र उक्त नगद दिई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजे पश्चात उनलाई प्रहरीले प'क्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology