कर्णराज गिरीकी आमाको सपना पनि छोराले स्टेजमा गीत गाएको हेर्ने थियो । कर्णराज आमाको र आफ्नो सपना पुरा गर्न चाहन्थे । तर, कर्णराजको सपना पुरा नहुँदै उनकी आमाको निधन भएको छ ।
कर्णराजकी आमा विगत केही समयदेखि बिरामी थिइन् । ‘द भ्वाइस अफ नेपाल’मा गीत गाउँदै गर्दा कर्णराजलाई आमाको स्वास्थ्यको चिन्ता पनि सधै हुन्थ्यो । यसैले त, भ्वाइसको सेटमा आमाको अवस्थाको बारेमा उनी सधै कुरा गरिरहन्थे ।
कर्णराज भ्वाइसको उत्कृष्ट १२ मा पुगेका छन् । तर, यसपछि उनले जीवनमा पाउने सफलताका कैयौं खुड्किलाहरु उनकी आमाले हेर्न पाउने छैनन् । उनकी आमाको शनिबार उपचारका क्रममा निधन भएको छ ।
संगीत क्षेत्रमा नै स्थापित भएको खण्डमा यसमा नै अगाडि बढ्ने सोच बोकेका उनी भन्छन्–‘यदि, संगीत क्षेत्रमा लागेर जीवन जिउन गाह्रो भएको खण्डमा ट्याक्सी चलाएर जीवन पाल्न मलाई गाह्रो पर्ने छैन ।’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology