Logo

२०८३, श्रावण २७गते


images
images

गुल्मीमा एक पुरुषको बेवारिसे शव फेला

गुल्मीमा एक पुरुषको बेवारिसे शव फेला

images
  • गुल्मीमा एक पुरुषको बेवारिसे शव फेला
    प्रतीकात्मक तस्वीर
    images
    images

    गुल्मी । गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ३ मा एक बेवारिसे शव फेला परेको छ । उक्त वडाको सिम्ले भन्ने स्थानको एक खोलामा बिहिबार साँझ अन्दाजी ३२ वर्षीय पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय पुर्कोट दहका प्रहरी निरिक्षक कुशल सिंह ठकुरीले जानकारी दिए ।

    images
    images
    images

    प्रहरीका अनुसार, फेला परेको शव सडकबाट टाढा रहेको र त्यस स्थानमा लगातार पानी परिरहेकोले शव निकाल्नको लागि समस्या भइरहेको छ । हालसम्म फेला परेको शवको पहिचान हुन सकेको छैन् । स्थानीयले शव देखेपछि आफुहरुलाई खबर गरेकोले आफुहरु घटनास्थलमा आइपुगेको इलाका प्रहरी कार्यालय पुर्कोट दहका प्रहरी निरिक्षक ठकुरीले बताए । उनका अनुसार, त्यस गाउँबाट एक जना पुरुष विगत केही दिनदेखि हराइरहेको भन्ने निवेदन प्रहरीकोमा आएकोले संकाको बिषय रहेको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले शव फेला परेको जानकारी आएपछि सबैतर्फबाट अनुसन्धानको लागि प्रहरी खटिएको जानकारी दिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।