काठमाडौं । सेयर बजार सामान्य अंकले उकालो लागेको छ। बुधबार नेप्से परिसूचक ९.२५ अंकले बढेर दुई हजार ८६.८४ विन्दुमा कायम भएको छ। आज सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स पनि क्रमशः ०.३९ प्रतिशत, ०.४८ प्रतिशत र ०.४३ प्रतिशतले बढेको छ।
यस दिन दुई सय ६९ कम्पनीका ९३ लाख ३८ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ८० करोड ३२ लाख ९८ हजार रुपैयाँबराबरको कारोबार भएको छ। मंगलबार एक अर्ब ९२ करोड ४४ लाखबराबरको सेयर कारोबार भएको थियो।
नेप्सेका १३ मध्ये तीन उपसमूहमा गिरावट आउँदा बाँकी उपसमूह बढेको छ। सबैभन्दा धेरै लघुवित्त ०.२८ प्रतिशत, हाइड्रोपावर उपसमूह ०.२४ प्रतिशत र व्यापार उपसमूह ०.०६ प्रतिशतले घटेको छ। त्यसैगरी, फाइनान्स समूह १.६९ ho प्रतिशतले बढ्दा होटेल तथा पर्यटन १.४० प्रतिशत र विकास बैंक १.०१ प्रतिशतले बढेका छन्।
आज आरबिबी म्युचुअल फन्ड– १ का सेयरधनीले सर्वाधिक ४.१४ प्रतिशत आर्जन गरेका छन्। त्यसैगरी, स्ट्यान्डर्ड चार्टर्ड बैंक ४.०३ प्रतिशत, सिद्धार्थ इक्विटी फन्ड र सिंगटी हाइड्रो इनर्जी समान ३.८९ प्रतिशतले बढेका छन्।
यता, प्रभु स्मार्ट फन्डको मूल्य १० प्रतिशतले घटेको छ। त्यसैगरी, एनआइएमबी समृद्धि फन्ड– २ को मूल्य ४.५८ प्रतिशत र सुपर मादी हाइड्रोपावर ४.०५ प्रतिशतले घटेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology