गुल्मी । जिल्लाको मालिका गाउँपालिका र वडा नं. ५ स्थित छापहिले स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । रोयल थाइ मोनास्ट्री, बिश्व शान्ती मन्दिर, डा. दिल बहादुर थाेकर , एक एक पाइला फाउन्डेसन र तिलगंगा आँखा अस्पताल संयुक्त प्रयासमा संकलन गरिएका स्वास्थ सामाग्री केशव आचार्य र तुल्सिराम अर्यालको समन्वय र एनपि भन्डारीको पहलमा मालिका गाउँपालिका र छापहिले स्वास्थ्य चौकिलाई हस्तान्तरण गरिएको हो ।
स्वास्थ्य सामाग्रीहरूमा कन्सन्ट्रेटर, अक्सिजन सिलिन्डर, वेवि वार्म, डेलिभरि सेट, सक्शनन् मेसिन, डेलिभरि बेड, सेनेटरि प्याड, एन्टिजेन कीट, अक्सिमिटर, पिपिई, डिजिटल थर्मोमिटर, सेनिटाइजर, माक्स लगायत स्वास्थ्य सामाग्री रहेको केशव आचार्यले बताए ।
कोरोनाले स्वास्थ्य क्षेत्रमा पारेको असर र स्वास्थ्यकर्मीको जोखिमलाई मध्यनजर गरि गाउँपालिकाका नागरिक र छापहिले वडाका नागरिकलाई सुरक्षित राख्नको लागि यो अभियान सञ्चालन गरेको अभियान्ता तुल्सिराम अर्याल बताए ।
कार्यक्रममा सहभागी गाउँपालिकाका उपाध्यक्ष देवा अर्याल (रिजाल ) ले महामारीको समयमा यस्तो महत्त्वपूर्ण सहयोग गर्ने सहयोग दातालाई धन्यवाद दिएकी छन् । साथै, उपाध्यक्ष अर्यालले काेराेना दिनप्रतिदिन भुसमा लागेको आगो जस्तै सल्किएकाले सबैलाई सुरक्षित भै स्वास्थ्यमापदण्ड अपनाउन आग्रह गरेकी छन् ।
कार्यक्रममा उपाध्यक्ष देवा अर्याल, वडा नं. ५ का वडाध्यक्ष श्यामलाल गिरि, प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारी, गाउँपालिकाका स्वास्थ्य संयाेजक वसन्त भुसाल र छापहिले स्वास्थ्य चाैकि ईन्चाज देब बहादुर महतारा लगायतकाे उपस्थिति रहेको थियोे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology