Logo

२०८३, आश्विन ९गते


images
images

पार्किङ व्यवस्थापन सुरु

सेतोमसी समाचार प्रभाव : खैरेनीमा पार्किङ व्यवस्थित गरिदै

सेतोमसी समाचार प्रभाव : खैरेनीमा पार्किङ व्यवस्थित गरिदै

images
  • सेतोमसी समाचार प्रभाव : खैरेनीमा पार्किङ व्यवस्थित गरिदै
    images
    images

    रूपन्देही।  देवदहको अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न सुरु गरिएको छ  । केही दिन अघि सेतोमसीले `देवदहमा छैन व्यवस्थित पार्किङ संस्कार, स्थानीय तहसँग छैन नीति र योजना´ शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।

    images
    images
    images

    देवदहको वडा नं ५ को खैरेनी लोकेश्वर टोल विकास संस्थाले देवदह चोक क्षेत्रमा सवारीको चापलाई मध्यनजर गर्दै  एकतर्फी पार्किङको व्यवस्थापन गरिएको लोकेश्वर टोल विकास संस्थाका कार्यवाहक अध्यक्ष माधव ढकालले जानकारी दिए । उनले भने “हामीले पहिलापनि पार्किङ व्यवस्थापन गर्नका लागी एकतर्फी पार्किङ अवधारणा ल्याएका थियौ बिचमा प्राविधिक कारण रोकियो, अब पुन सुरु गरेका छौ यसले केही हदसम्म पार्किङ समस्या समाधान गर्ने हाम्रो विश्वास छ । उनका अनुसार सडक दायाँ किनारा, त्यसपछिको एक हप्ता बायाँ किनारा गरी पालैपालो पार्किङ गरिने छ ।

    images
    images
    images

    devdaha parking.jpg

    images
    images
    images

    अस्तव्यस्त सवारी साधन पार्किङले दुर्घटनाको जोखिम र बजारको सौन्दर्य नै नराम्रो बनाएको बताउँछिन् स्थानीय धना सापकोटा । ’बजार विस्तारै हुँदै जाँदा दैनिक भीडभाड बढेको छ, सवारी साधनका सङ्ख्या पनि उत्तिकै बढेकै छन्, जथाभावी रुपमा गाडी रोकेर राख्नेलाई कारबाही पनि छैन, यसमा स्थानीय सरकार, प्रहरी र प्रशासनले कडाइ गर्नुपर्छ’, उनले भनिन् । अहिले एकतर्फी पार्किङको व्यवस्थापनले सहज त् होला तर बजारमा दीर्घकालीन व्यवस्थापन हुनुपर्छ'  देवदह क्षेत्रकाका खाली सार्वजनिक खालि ठाउँमा पार्किङ क्षेत्र निर्माण गर्न सके दीर्घकालीन समाधान हुनेथियो ।

    वडाले एक टोलमा मात्र नभई सबै टोलमा पार्किङ व्यवस्थापन गर्न योजान बनाएको  देवदह नगरपालिकाका प्रवक्ता एवम् वडा नं ५ का वडा अध्यक्ष गणेश डुम्रेले बताए । पार्किङलाई मध्यनजर गर्दै सडकका खाल्डा खुल्डी पुर्ने, सडक अवरुद्ध हुने गरि राखिएको सामाग्री हटाउने अभियान सुरु गरेको बताउँदै उनले  वडा र टोल सुधार समितिको  समन्वय पार्किङ व्यवस्थापन गर्ने जानकारी दिए ।

    टोल सुधार समितिले देवदहका केही चोक क्षेत्रमा 'नो पार्किङ' को बोर्ड समेत राखेको छ ।

    parking.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।