Logo

२०८३, श्रावण २७गते


images
images

सडक समस्या

जताततै सडक निर्माण हुदा वैकल्पिक मार्ग खोज्न सकस  

जताततै सडक निर्माण हुदा वैकल्पिक मार्ग खोज्न सकस  

images
  • सेतोमसी सहकर्मी
  • जताततै सडक निर्माण हुदा   वैकल्पिक मार्ग खोज्न सकस  
    images
    images

    गुल्मी। बिहानै देखि सडकमा स्काभेटर, डोजर लगाइएका छन्, निर्माण कार्य जोडतोडले चलिरहँदा सडकको सहज आवागमनमा यतिबेला यात्रुहरूले असहज महसुस गरिरहेका छन ।

    images
    images
    images

    सावरी र ढुवानीका साधनहरू अत्यधिक चल्ने तानसेन, रिडी  र  तम्घास माेटरबाटाेकाे कहिले जाेर्तेकाे उकालो कहिले मालमुल लगायतका क्षेत्रमा सडक निर्माणका कामहरुले घण्टौँ सम्म सडक आवागमन असहज भएको र आम सर्वसाधारणलाई यात्रामा पट्यार लाग्दाे अवस्था देखापर्याे ।

    images
    images
    images

    याे क्षेत्रमा सडक निर्माण गरिरहँदा वैकल्पिक मार्गको रुपमा जाेर्ते, लुहुँग र चण्डिभञ्ज्याङ सडक खण्डको जाेर्ते लुहुँग खण्ड ठाडै उकालो र एउटा मात्र गाडि चल्न सक्ने हुँदा वैकल्पिक सडकको रुपमा प्रयोग गर्ने यो सडकको यथाशीघ्र स्तरोन्नति भयाे भने तानसेन रिडी तम्घास माेटरबाटाेकाे वैकल्पिक मार्ग बन्न सक्ने देखिन्छ ।

    images
    images
    images

    यसैगरी यतिबेला तानसेन रिडी तम्घास सडककाे रिडी भेँडुवा क्षेत्रको काम भईरहेकाे र त्यसमा पनि थोर्गाको ठुलढुँगा क्षेत्रमा काम भइरहँदा बेलाबेलामा हुने सडक अवरुद्धको अवस्थाले यात्रुहरूलाई यात्रामा कठिनाइ देखिएको छ ।

    सडक कतिबेला खुल्छ कतिबेला बन्द हुन्छ पत्तै हुँदैन । त्यसाेत सडक बन्द हुने र खुल्ने समय निर्माण कम्पनीले सार्वजनिक गरेका छन तर मौसम र सडकको अवस्थाले त्यो भरपर्दो छैन ।

    तानसेन रिडी तम्घास माेटरबाटाेकाे ठुलढुँगा क्षेत्रमा सडक निर्माण भइरहँदा याे क्षेत्रबाट चल्ने सवारी र ढुवानीका साधनहरुलाई पानीटँकी स्यालपाेखरी हुँदै सालबिसाउनामा तानसेन रिडी तम्घासकाे मुल सडकमा निस्कने गरि बैकल्पिक मार्गकाे रुपमा प्रयाेग गरिए पनि याे सडककाे कहिले माझगाउँ खण्ड त कहिले च्यूरेक खण्डमा निर्माण कार्य भईरहँदा याे सडक पनि अवरुद्ध बन्छ । यतिबेला च्यूरेक खण्डमा सडक ढलान भईरहेकाले याे सडकलाई प्रयोग गर्ने सवारी र ढुवानीका साधन पानीटँकीबाट स्यालपाेखरी आउने र स्यालपाेखरीबाट माेडिएर फलाँटे पुगी मुल सडकमा जाने गरेका छन भने मूल सडकबाट फलाँटे स्यालपाेखरी हुँदै पानीटँकीमा मुल सडकमा निस्कने गरेका छन्  ।

    सडकहरुलाई वैकल्पिक रुपमा प्रयोग गर्दा पनि नयाँ बन्दै गरेका सडकहरूमा कतै पहिरो जाने कतै ढुँगा झर्ने कतै सडक खाेलेर गाडी चलाउनै नमिल्ने अवस्था देखिएको छ ।

    गन्तव्यमा पुग्नकालागि हिँडेका सवारी साधनहरूलाई सडक अवरुद्ध हुँदा वैकल्पिक सडक खोज्ने चिन्ताले सताई रहेको पाईएकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।