माधव ज्ञवाली ।गुल्मी । हिजो रातिदेखि परेको अविरल बर्षाका कारण गुल्मीका विभिन्न स्थानमा पहिरोले लाखौंको क्षति पुर्याएको छ। जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा न.४ चौतारामा गोठ र खोर पहिरोमा पुरिँदा ठूलो क्षति पुगेको छ।
राती देखिको अबिरल बर्षा संगै अएको पहिरोले यम बहादुर खड्काको १ गोठ र १ खोर पुरिएर एउटा ब्याउने भैंसी बकेर्नो पाडो र १० वटा बाख्रा मरेका छन, जसबाट लाखौंको क्षति पुगेको छ। घर पनि जोखिममा रहेकोले परिवार बिस्थापित भएका छन ।
बलेटक्सार चौताराकै झबिन्द्र खड्का, रनबहादुर खड्का, अर्जुन केसी , छबिलाल ज्ञवाली र इश्वरा ज्ञवालीको घरगोठमा पहिरोको जोखिम बढे पछि अन्यत्र सारिएको वडाअध्यक्ष फर्सुराम ज्ञवालीले बताउनुभयो।
त्यस्तै यता रुरुक्षेत्र ४ चौतारा धरापानीका माधव ज्ञवालीको परिवार पनि पहिरोको कारण बिस्थापित भएको छ। बिहान करिब पाँच बजेतिर घर माथिबाट खसेको पहिरोको कारण उहाँको घर जोखिममा परेको हो। यस्तै वडा न.४ रास्लुङमा पनि धेरै घर गोठ पहिरोको उच्च जोखिममा परेका छन् भने केही घरमा क्षति पुगेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology