रुपन्देही । सामाजिक सेवा समूह फाउन्डेसन नेपालले देशका विभिन्न स्थानहरु गर्दै आएको राहत वितरण समापन भएको जनाएको छ । कोरोना महामारीका कारणले भएको लकडाउन र बाढीका कारण मारमा परेका गरिब तथा अति विपन्न परिवारहरुको पहिचान गरी प्रभावित परिवारहरुलाई गर्दै आएको सहयोग समापन गरिएको फाउन्डेसनले जनाएको छ ।
जेष्ठ १४ गतेदेखि सुरु गरिएको उक्त अभियान अन्तर्गत संस्थाले ५० अति विपन्न परिवारहरुलाई प्रति परिवार २५ के.जी. चामल, ४ के.जी. दाल, ३ लिटर तेल, २ पोका नुन, १ पोका बेसार, १ पोका मसला र केही परिमाणमा तरकारी साथै एउटा अनाथ आश्रममा ६० के.जी. चामल, १० के.जी. दाल र १ थान ग्यास सिलिन्डर राहत स्वरूप वितरण गरिएको संस्थाका अध्यक्ष रविना राय क्षेत्रीले जानकारी गराएकी छन् ।
साथै, उक्त राहत वितरण अभियानमा जोडिएर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण सहयोगी दाताहरु एवं यस संस्थाका सम्पूर्ण सदस्यहरु सस्थांले धन्यवाद ज्ञापन गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology