Logo

२०८३, आश्विन ९गते


images
images

साला र भाइलाई थुनेको हुँ, भनसुन र पावर चल्दैन: एसपी कार्की

साला र भाइलाई थुनेको हुँ, भनसुन र पावर चल्दैन: एसपी कार्की

images
  • साला र भाइलाई थुनेको हुँ, भनसुन र पावर चल्दैन: एसपी कार्की
    images
    images

    कपिलवस्तु। कपिलवस्तुमा जिल्ला प्रहरी प्रमुखको रुपमा सरुवा भई आउनु भएका प्रहरी उपरिक्षक (एसपी) दान बहादुर कार्कीले गलत काम माथिको भनसुन र पावर आफूसंग नचल्ने बताउनु भएको छ ।

    images
    images
    images

    आफ्नो प्रहरी करिअरमा अहिलेसम्मको छवि भनेकै आत्मसम्मान र स्वाभिमान बचाउनु रहेको बताउँदै यसबाट च्यूत हुने काम कहिल्यै नगर्ने कार्कीले बताउनु भएको हो । 

    images
    images
    images

    लायन्स क्लव अफ कपिलवस्तु बर्ष २०२१/२२ ले सोमबार बाणगंगाको चार नम्बरस्थित माछापुच्छ्रे्र होटलमा गरेको पहिलो नियमित मिटिङ, स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि एसपी कार्कीले शान्ति सुरक्षा खलबलिनु र बाधा सिर्जना हुनु, अपराधि र गलत कर्म गर्नेहरुले सजाय नपाउनु र छुट्नू, प्रहरीप्रति जनताको भरोसा टुट्नुमा राजनैतिक संरक्षण, पावर र भनसुन नै मुख्य कारण रहेको भन्दै कार्कीले यस विषयमा आफू कठोर र छुद्र रहेको बताउनु भयो ।

    images
    images
    images

    काठमाण्डौँको बानेश्वरमा आफ्नै सालालाई र बुटवलमा आफ्नै भाइलाई थुनेर मुद्धा चलाएको समेत उहाँले बताउनु भयो । उहाँले भन्नुभयो ‘बानेश्वरमा इन्चार्ज हुँदै मेरो आफ्नै सालाले क्याम्पसमा हुल दंगा गरेको थियो । साला भनेर छोडिनँ तुरुन्त थुनेर मु’द्धा चलाएको हुँ ।

    बुटवलमा पनि डिएसपी हुँदा पनि भाइलाई थुनेको उदाहरण छ । परिवारबाटै कति प्रेसर आयो तर सजायँ दिलाएरै छोडेँ । किनकि उनीहरुले गलत कर्म गरेका थिए । कतिपय ठाउँमा माननीय र नेताहरु पनि मेरो झोँकमा पर्ने गरेका छन् ।’गलत काम छ भने त्यो गलत नै हो ।

    यसमा आफ्नो नेता, मन्त्री, सांसदका मान्छे, पत्रकार भनेर छुट दिन आवश्यक ठान्दिनँ । साथी, साला, भतिज कसैले पनि उन्मुक्ति पाउनु हुँदैन । कृपया यस्ता काममा कसैले पनि पावर लगाउने चेस्टा नगर्न उहाँले सबैलाई आग्रह गर्नुभयो । ‘गलत काममा भनसुन गर्न खोज्ने माननीय, राजनैतिक दलका नेता समेतलाई जेलमा जाक्ने चे’तावनी दिइसकपछि ठाउँमा आएका पनि उहाँले सुनाउनु भयो ।

    कार्यक्रममा लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष धातानन्द भुसाल, एरिया को चिफ कृष्ण केसी, जोन चेयर पर्सन सुरेन्द्र घिमिरे, रेडियो मायादेवीका स्टेसन मयानेजर चन्द्रकान्त न्यौपानले लगायतले बोल्दै शुभकामना मन्तव्य राख्नु भएको थियो । क्लवका अन्य पदाधिकारीले एसपी कार्कीलाई स्वागत र सम्मान गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।