गुल्मी । काठमाडौंबाट बुटवल हुदै गुल्मी आउदै गरेको यात्रुबाहक सुनामी बस देवदहको चरङ्गेमा दुर्घटना भएको छ।
दुर्घटनामा परि एक जना सामान्य घाइते भएका छन्। घाइतेको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भईरहेकाे छ। ना ६ ख १९८४ नम्बरको उक्त यात्रुवाहक बस साेमबार सांझ साढे ५ बजे काठमाडौ बाट छुटेको थियो।
अन्य यात्रुहरु सकुशल रहेको र घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ। बिहान पख चालक निदाएका कारण दुर्घटना भएकाे हुन सक्ने प्रहरीले आशंका गरेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology