Logo

२०८३, आश्विन ९गते


images
images

ड्रागन बोट रेस : उपाधिका लागि आज प्रतिस्पर्धा

ड्रागन बोट रेस : उपाधिका लागि आज प्रतिस्पर्धा

images
  • ड्रागन बोट रेस : उपाधिका लागि आज प्रतिस्पर्धा
    images
    images

    राजेश  पराजुली, पोखरा । दक्षिण एसियामै पहिलो पटक पोखरामा शुक्रबारदेखि सुरु भएको नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस महोत्सवमा नेपालका २ समूह दोस्रो चरणमा प्रवेश गर्दा २ समूह बाहिरिएका छन् ।

    images
    images
    images

    २ दिनसम्म हुने प्रतियोगिताको शुक्रबार पहिलो चरणको खेल भएको थियो । जसमा नेपालका नारा ड्रागन बोट टिम र एनआरसीए ड्रागन बोट टिम दोस्रो चरणमा प्रवेश गरेका हुन् । दुवै टिम २ सय र ५ सय मिटर दुवैमा अन्तिम ४ मा प्रवेश गरेका हुन् ।

    images
    images
    images

    पोखरा फेवातालमा भएको महोत्सवमा नेपाल र चीनका गरी ८ समूहले भाग लिएका थिए । पहिलो दिन २ सय मिटर र ५ सय मिटर गरी दुई इभेन्टमा स्पर्धा भएको थियो ।जसमा २ सय मिटरअन्तर्गत चिनको सिचुवान ड्रागन बोट टिम निर्धारित दूरी १ मिनेट ४८ सेकेन्डमा पार गर्दै पहिलो भयो ।

    images
    images
    images

    नेपालको नारा ड्रागन बोट टिम निर्धारित दूरी १ मिनेट ५८ सेकेन्डमा पार गर्दै दोस्रो चरणका लागि स्थान पक्का गरे हो ।
    त्यस्तै, चाइनाकै युनान बोट टिम निर्धारित दूरी १ मिनेट ५५ सेकेन्डमा पूरा गर्दै तेस्रो स्थान बनायो भने नेपालकै एनआरसीय ड्रागन बोट टिम निर्धारित दूरीमा १ मिनेट ५६ सेकेन्डमा पार गरेर चौंथो हुँदै अन्तिम ४ मा प्रवेश गर्न सफल भएको छ ।

    शुक्रबार नै भएको ५ सय मिटरको समूह चरण्को खेलमा पनि नेपालका एनआरसीय र नारा ड्रागन बोट टिम अन्तिम ४ मा प्रवेश गरेका छन् । ५ सय मिटर बोट रेसमा पनि निर्धारित दूरी ४ मिनेट ३८ सेकेन्डमा पार गर्दै पहिलो स्थान बनाएको छ ।

    दोस्रो स्थान सुरक्षित गरेको नेपाली टोली नाराले निर्धारित दूरी ४ मिनेट ४७ सेकेन्डमा पार गरेको थियो । तेस्र्रो स्थान बनाएको युनान ड्रागन बोट टिमले ४ मिनेट ५३ सेकेन्ड र चौंथो भएको एनआरसीएले ५ मिनेट २ सेकन्डमा निर्धारित दूरी पार गरेका थिए ।

    २ सय र ५ सय मिटरको ड्रागन बोट रेसअन्तर्गत अन्तिम ४ मा प्रवेश गरेका टोलीले उपाधिका लागि शनिबार प्रतिस्पर्धा गर्नेछन् ।प्रतियोगितामा पहिलो हुनेले ५ लाख ५० हजार, दोस्रो हुनेले ३ लाख ५० हजार र तेस्रो स्थान ल्याउनेले २ लाख रुपैयाँ पाउनेछन् ।प्रतियोगितामा नेपाली ४ र चीनका ४ गरी ८ टिम सहभागी थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ड्रागन बोट रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।