अनिष पन्थी,गुल्मी । गुल्मीले पर्यटन बिकासमा फडको मार्दै छ पर्यटन सम्भावनालाई मध्यनजर गर्दै गुल्मीको रेसुङ्गा धाम क्षेत्रमा जिपलाइन निर्माण गरिने भएको छ।
आन्तरिक एवं बाहय पर्यटनको सम्भावनालाई अध्ययन गरि जिपलाइन निर्माण गर्न लागिएको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जानकारी दिए। गुल्मीमा पर्यटनको सम्भाव्यता खोज्ने क्रममा यस क्षेत्रमा जिपलाइन निर्माणको लागि अध्ययन थालिएको पन्थीले जानकारी दिए।
अत्यधिक पर्यटकको सम्भावना भएको रेसुङ्गा क्षेत्रमा जिपलाइन लगायतका अन्य पर्यटकीय पूर्वाधारले पर्यटक आगमनमा थप आशा जगाउने विश्वास लिएको रेसुङ्गा नगरपालिकाका प्रबक्ता एवं 'जांउ हिड रेसुङा',अभियानका संयोजक राम्जी पन्थीले जानकारी दिए।
रेसुङ्गा धामलाइ बिश्वसामु चिनाउम धार्मिक महोत्सव समेत सन्चालन गरिएको थियो अहिले रेसुङ्गालाइ थप चिनाउन जाँउ हिड रेसुङ्गा अभियान समेत सुभारम्भ गरिएको छ यो अभियान बाट रेसुङ्गामा पर्यटकको आकर्षक थप बढने उक्त अभियानका संयोजक राम्जी पन्थीले जानकारी दिए।
काठमाडौ बाट गुल्मीको लागि हप्तामा दुई वटा हवाई सेवा समेत सुचारु भैरहेको छ।हवाई सेवाबाट समेत पर्यटनको क्षेत्रमा थप टेवा पुर्याउने यहाँका स्थानीयले बिश्वास लिएका छन।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology