अनिष पन्थी,गुल्मी । प्रदेश स्तरीय एकल लोकगित प्रतियोगिताको गुल्मी अडिसन समपन्न भएको छ। शनिबार सदरमुकाम तम्घासमा औपचारिक कार्यक्रम गरि एकल लोकगितको गुल्मी अडिसन सम्पन्न भएको हो।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठन लुम्बिनी प्रदेश नेपालको आयोजना र जिल्ला कार्य समिति गुल्मीको सह आयोजनामा कार्यक्रम भएको हो।कार्यक्रममा ६ जना प्रतिस्पर्धी थिए जसमा बन्दना केसि, रिता बिस्वकर्मा, खिम काउछा, रेखा कुमाल, सिमा नेपाली र सन्दिप नेपाली रहेका थिए त्यसमध्ये रेखा कुमाल र रिता बिश्वकर्मा छानिएका छन।

यहाबाट छानिएका प्रतिस्पर्धि लुम्बिनी प्रदेश स्तरीय अडिसनमा सहभागी हुने छन उक्त अडिसन असार ७ गते सङ्गीत दिवसको अवसरमा बुटवलमा हुने छ।कार्यक्रमको निर्णायक सयोजकमा प्रमुख अतिथि योगराज पोख्रेल र लोक तथा दोहोरी गायक हरि खत्री रहेका थिए।
अहिले हुन लागेको अडिसन लुम्बिनी प्रदेश स्तरीय तेस्रो अडिसन भएको लोक तथा दोहोरी प्रतिष्ठान गुल्मीका पुर्व अध्यक्ष जनक पन्तले जानकारी दिए। बिगतमा बर्षमा प्रदेश स्तरिय एकल अडिसनमा गुल्मी जिल्ला प्रथम र दृतिया भएको जानकारी पन्तले दिए।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान लुम्बिनी प्रदेशका सचीव योगराज पोख्रेलको प्रमुख आतिथ्यता रहेको थियो।
लोकदोहोरी प्रतिष्ठान गुल्मीका पुर्व अध्यक्ष जनक पन्त, सह कोषाध्यक्ष कमल कंडेल, लोकदोहोरी प्रतिष्ठान गुल्मीका सल्लाहकार इस्वरी पौडेल,हरि खत्री,लुम्बिनी प्रदेश सदस्य प्रकाश बस्नेत,बरिस्ठ उपाध्यक्ष मोहन बस्नेत लगायतको विशेष आतिथ्यता रहेको थियो।
लोकदोहोरी प्रतिष्ठान गुल्मीकि अध्यक्ष शिलु भट्टराईको अध्यक्षता रहेको कार्यक्रमको सन्चालन सस्थाका सह-सचिव अनिल खत्रीको रहेको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology