रेशम अधिकारी, रुपन्देही । १० बुँदे घोषणा पत्र जारी गर्दै देवदह मिडिया फेस्टिवल सम्पन्न भएको छ । विभिन्न विषयला बिज्ञ, पत्रकार, मिडिया हाउस संचालक सहभागी रहेको प्रथम मिडिया फेस्टिबलले साझा समस्या ध्यान दिँदै घोषणापत्र जारी गरेको हो ।
उक्त घँषणा पत्रको नाम `देवदह घोषणापत्र´उल्लेख गरिएको छ । सो अनुसार क्लबले २०८० लाई खबरदारी बर्षका रुपमा मनाउने, वर्ष २०८० मा प्रकाशन प्रशारण हुने समाचारमा मकै उत्पादन बजारीकरण र प्रबद्धनको विषयलाई प्रमुख रुपमा उठान गर्ने, विषयगत लेखन पुरस्कारका लागि अक्षयकोष स्थापना गर्न सम्बन्धित संघ संस्थाहरु संग समन्वय गर्ने, समाचार स्रोतका बिषयमा प्रत्येक महिना सञ्चारकर्मीहरु बिच छलफल गर्ने, पत्रकारहरुको क्षमता विकासका लागि तालिम तथा गोष्ठिको आयोजना गर्ने उल्लेख गरिएको छ । तेस्तै पत्रकारीतामा लाग्न चाहाने विद्यार्थीहरुलाई पत्राकारिता तालिम सञ्चालन गर्ने, पत्रकारहरुको स्वास्थ्य बिमाका लागि स्थानिय सरकारलाई अनुरोध गर्ने, देवदहका ऐतिहासिक स्थलहरुको संरक्षण प्रबर्द्धनका विषयमा समाचारका माध्यमबाट पहल गर्ने, मिडिया फेस्टिबललाई निरन्तरता दिँदै आगामि बर्ष सिमि बर्षको रुपमा मनाउने र संसारभरका समान उद्धेश्य भएका प्रेस क्लबहरु संग भगेनी सम्बन्ध कायम गर्ने जनाएको छ ।
२४ जेठ देखि २६ सम्म संचालन भएको कार्यक्रममा लुम्बिनी प्रदेश भरका मुलधार र स्थानीय स्तरका सञ्चारमाध्यमका सम्पादकसहित सय बढी पत्रकार सहभागी थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology