Logo

२०८३, आश्विन ९गते


images
images

विकास निर्माणमा बेथिति

८ वर्षमा पनि बनेन कजरार पुल: निर्माण कम्पनीको ढिलासुस्ती, सडक डिभिजनको फितलो अनुगमन

८ वर्षमा पनि बनेन कजरार पुल: निर्माण कम्पनीको ढिलासुस्ती, सडक डिभिजनको फितलो अनुगमन

तीन वर्षमा बनिसक्नुपर्ने पुल ८ वर्षसम्म पनि सकिएन
images
  • ८ वर्षमा पनि बनेन कजरार पुल: निर्माण कम्पनीको ढिलासुस्ती, सडक डिभिजनको फितलो अनुगमन
    निर्माणाधीन अवस्थामा रहेको पुल तस्बिर : रेशम अधिकारी
    images
    images

    रेशम अधिकारी, रुपन्देही । एउटा पुल निर्माण करिब १ दशक पुग्न लाग्दा पनि सम्पन्न भएन । सुन्दा अचम्म लाग्छ तर हो,कजरार नदि माथिको पुल निर्माणाधीन अवस्थामा रहेको ८ वर्ष पुग्यो । २०७३ मा  मैनाचुली सिद्धसाही अञ्जना जेबी कन्स्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता भई निर्माण सुरु भएपछि त्यस क्षेत्रका स्थानीय निकै उत्साहित भएका थिए । तर वर्षौ सम्म पुल निर्माणले सम्पन्नता नपाउँदा स्थानीयले आश मारिसकेका छन् । स्थानीयलाई पुल निर्माण नहुदाँ वर्षाको समय नजिकिइसकेकाले नदि वारपार कसरी गर्ने भन्ने विषयले थप पिरोलेको छ । रूपन्देही देवदह केरवानीबाट सुनवल-७, उखुबारी नवलपरासी आउने नजिकको बाटोमा पुल निर्माणाधीन छ । दुई जिल्लाको सेतु भए पनि सेतु निर्माण नहुदाँ स्थानीहरू आवतजावत गर्न पूर्वपश्चिम राजमार्ग प्रयोग गर्न बाध्य छन् । 

    images
    images
    images

    ठेकेदार कम्पनीको लापरबाहीले पुल निर्माणमा ढिलासुस्ती 

    images
    images
    images

    सडक डिभिजन कार्यालय बुटवलका अनुसार मैनाचुली सिद्धसाही अञ्जना जेबी कन्स्ट्रक्सन कम्पनीले सो पुल २०७५ मा सम्पन्न गर्नुपर्ने थियो । तर म्याद सकिएको थप ५ वर्ष पनि निर्माण सम्पन्न भएको छैन । डिभिजन कार्यालयका सूचना अधिकारी महेश्वर लम्साल भने, "निर्माण व्यवसायीले समयमा काम नगर्दा पुल निर्माणको काम पुरा हुन सकेको छैन ।" सार्वजनिक खरिद ऐनको बिभिन्न एन आउँदा ठेकदारलाई कारवाही गर्न नमिलेकोले असारसम्म काम नसके  कालो सुचीमा राख्ने  सडक विभागको चेतावनी छ । 

    images
    images
    images

    सडक डिभिजन बुटवलको फितलो अनुगमन

    सडक डिभिजन कार्यालय बुटवलले पनि प्रभावकारी अनुगमन नगरेको स्थानीयको गुनासो । निर्माण कम्पनीले काममा ढिलासुस्ती गर्दा कार्यालयले खासै वास्ता नगरेको स्थानीयको आरोप छ । केवल कम्पनीलाई आरोप लगाएर सडक डिभिजन कार्यलय उम्कन खोजेको स्थानीहरू बताउँछन् । ठेगदार कम्पनीका सुपरभाइजर पंकज राज पाण्डे पनि बिभिन्न चरणमा सडक डिभिजन  कार्यालयले बजेट निकासी नगरिदिँदा काम रोकिएको बताउँछन् । 

    स्थानीय एवम् सवारीसाधन चालक निकै जोखिम मोलेर खोला तर्ने गर्छन् । कुल सात करोड ४२ लाखको लागतमा निर्माण सुरु गरिएको पुल  ४२ मिटर लम्बाइको रहेको छ नेपाली काङ्ग्रेस रूपन्देहीका सभापति तथा  प्रदेश सांसद अब्दुल रज्जाकले पुलको शिलान्यास गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।