गुल्मी । बिहिवार जिल्लाको रेसुङा बहुमुखी क्याम्पसमा शिक्षक अध्ययन साझेदारी प्रोत्साहन कोष स्थापनाको चेक हस्तान्तरण गर्दै मास्टर डिग्री अध्ययन गर्ने विद्यार्थीलाई सुनौलो अवसर प्रदान कार्यक्रममा बाेल्दै मालिका गाउँपालिका अध्यक्ष रित बहादुर थापाले समाज परिवर्तन, यहाँका हरेक व्यक्तिलाई चेतनाकाे स्तर बृदि गर्नको लागि शिक्षकहरुलाई सक्षम बनाउँन जरुरी रहेको बताएका छन् ।
शिक्षकहरुलाई प्रोत्साहन गर्नको लागि प्रोत्साहन कोष अन्तर्गत वाषिर्क दुई लाख रुपैयाँ मालिका गाउँपालिकाले बहुमुखी क्याम्पसलाई प्रदान गर्ने भएको छ भने गाउँपालिका भित्रबाट शिक्षा संकायमा अध्ययन गर्न चाहने विद्यार्थीले नि:शुल्क डिग्री अध्ययन गर्ने पाउने छन ।
यसरी क्याम्पस सङ्गकाे साझेदारीमा प्रोत्साहन कोष स्थापना गरि विद्यार्थीलाई नि :शिल्क अध्यापन गराउनेमा मालिका गाउँपालिका जिल्लाकै पहिलो स्थानीय तह बनेको हो । यो कोष स्थापना भएसंगै विद्यार्थीले अब जाँचको मात्र शुल्क तीर्ने छन् । यो कार्यक्रमबाट मालिका गाउँपालिकाका ४० जना भन्दा बढि विद्यार्थी लाभान्वित हुनेछन ।
मालिका गाउँपालिकाको शिक्षा क्षेत्रको समग्र विकासको लागी प्रोत्साहन कोष स्थापना गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले बताए ।
त्यस्तै रेसुङा बहुमुखी क्याम्पसका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले मालिका गाउँपालिकाले शिक्षा क्षेत्र तर्फ दिएको चासो प्रति धन्यवाद व्यक्त गर्दै यसरीनै आगामी दिनमा सहयात्रा गरेर अघि बढने अपेक्षा समेत राखे । कार्यक्रममा मालिका गाउँपालिकाका उपाध्यक्ष देवा अर्याल , रेसुङा बहुमुखी क्याम्पसका प्रमुख हरी खत्री ,गापा शिक्षा शाखा प्रमुख मालिका गाउँपालिका बाट मास्टर डिग्री अध्ययन गर्ने विद्यार्थी हरुको सहभागी रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology