Logo

२०८३, श्रावण २७गते


images
images

रेडक्रस रेसुङ्गा क्याम्पस सर्कलकाे पदाधिकारीमा महिला बर्चस्व 

रेडक्रस रेसुङ्गा क्याम्पस सर्कलकाे पदाधिकारीमा महिला बर्चस्व 

images
  • रेडक्रस रेसुङ्गा क्याम्पस सर्कलकाे पदाधिकारीमा महिला बर्चस्व 
    images
    images

    अनिष पन्थी, गुल्मी । नेपालको संविधान अनुसार महिला सहभागीता ३३ प्रतिशत गर्ने भनिएको छ । केही समितिमा महिलाकाे संख्या ३३ प्रतिशत पुराउन निकै गार्‍हो हुने गर्दछ । तर, गुल्मीको एक क्याम्पसमा गठन गरिएको समितिमा पदाधिकारीमा महिला नेतृत्व चयन भएको छ ।

    images
    images
    images

    बिहिवार नेपाल रेडक्रस युवा सर्कल रेसुङ्गा बहुमुखी क्यामपसको अधिबेशन गरिएकाे छ । जसको नेतृत्व लिने पदाधिकारी सबै छात्रा बिद्यार्थीनै रहेका छन् ।

    images
    images
    images

    रेडक्रस रेसुङ्गा बहुमुखी क्याम्पसकाे सकर्लकाे अध्यक्षमा पार्वती पन्थी (सलिना) निर्वाचित भएकी छिन् । कार्यक्रममा सर्वसम्मत उनी अध्यक्ष पदमा निर्वाचित भएकी हुन् । 

    images
    images
    images

    रेडक्रस युवा सर्कलको अध्यक्षमा पार्वती पन्थी (सलिना),  उपाध्यक्षमा करिस्मा टण्डन, सचीवमा प्रतिभा आचार्य, सहसचिवमा करिना टण्डन, कोषाध्यक्षमा सिर्जना बोहोरा, सह-कोषाध्यक्षमा दिक्षा अर्याल निर्वाचित भएका छन् । अन्य पाँच जना सदस्यमा कमला पुरी, सारदा पन्थी ,बबिता थापा,बिष्णु श्रेष्ठ र शान्ता पाण्डे  रहेका छन् ।

    उता चैत ५ गते सम्पन्न स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा पनि प्रतिस्पर्धामा उत्रिएका अनेरास्ववियु संयुक्त प्यानल र नेपाल बिद्यार्थी संघको प्यानल दुबैमा ५० प्रतिशत महिलालाई नै उम्मेद्बारी बनाइएको थियो । जसमा प्रत्येक्ष र समानुपातिक तर्फबाट निर्वाचित पदाधिकारी मध्येबाट ५० प्रतिशत महिला रहेका छन  तर यस क्याम्पसमा दु:खको बिषय धेरै छात्राहरुले अध्ययन  गर्ने यस  क्याम्पसमा महिला प्राध्यापक भने एक जना मात्रै छन्। छात्राहरुलाइ धेरै कुराको समस्या पर्दा कहिले आफु आफ्नो समस्याले क्याम्पस आउन नपाउने र आर्को महिला प्राध्यापक नहुँदा समस्या समेत भएको उप- प्राध्यापक निलम थापा बताउछिन् ।  रेडक्रस युवा सर्कलको पुनर्गठनको बेलामा आफ्नो मनत्व्य राख्दै थापाले अब रेडक्रसको अध्यक्ष लगायत पदाधिकारी महिला भएको कारण छात्रा बिद्यार्थीलाई केही समस्या पर्दा अब रेडक्रसले पनि सहयोग गर्ने भन्दै थापाले खुसी व्यक्त गरिन् ।

    प्रत्येक दुई दुई बर्षमा गर्नुपर्ने अधिवेशन २०७५ सालदेखी रोकिएको थियो । बिचमा कोभिड-१९ को कारण अधिवेशन हुन सकेको थिएन । छात्राको  नेतृत्वमा भएको युवा रेडक्रस सर्कलले छात्रा बिद्यार्थीको मर्मलाइ बुझेर काम गर्न निवर्तमान सचीव एवं कार्यवाहक अध्यक्ष बसन्ता पोख्रेलले सुझाव दिएकी छन् ।

    क्याम्पस भित्र र बाहिर हुने सामाजिक गतिविधिमा सहभागी हुन र सामाजिक काम गर्न समेत आग्रह गरिकी छन्  । पद हस्तान्तरण गर्दै पोख्रेलले आफुहरुको कार्यकालमा केही काम गरिको र अहिलेको समितिलाई पनि केही नया र रचनात्मक काम गर्न सुझाव दिएकी छन् । 


    कार्यक्रममा क्याम्पसका सहायक क्याम्पस प्रमुख कमल शर्मा र स्वतन्त्र बिद्यार्थी युनियनका अध्यक्ष पुनाराम घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । उपप्राध्यापक राम प्रसाद खनाल , निलम थापा, स्वतन्त्र बिद्यार्थी युनियनका सचीव सुदिप खत्री, कोषाध्यक्ष यमुना सेनको आतिथ्यता रहेको थियो भने रेडक्रस युवा सर्कल रेसुङ्गा बहुमुखी क्याम्पसका कार्यवाहक अध्यक्ष बसन्ता पोख्रेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।