Logo

२०८३, आश्विन १७गते


images
images

कोरोना कहर

गुल्मीमा थप परिमार्जन सहित  निषेधाज्ञा थप 

गुल्मीमा थप परिमार्जन सहित  निषेधाज्ञा थप 

images
  • गुल्मीमा थप परिमार्जन सहित  निषेधाज्ञा थप 
    images
    images

    अनिष पन्थी  गुल्मी ।  नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको चेनब्रेकको लागि भन्दै गुल्मीमा  निषेधाज्ञा  असार २२  गतेसम्म लम्बाइएको  छ ।

    images
    images
    images


    जिल्ला कोभिड १९ संकट ब्यबस्थापन केन्द्रको बैठकले असार २२  गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रशासनले जनाएको छ । यस अगाडी थप गरिएको निषेधाज्ञाको समय भने आज राति १२ बजे सकिदैछ ।

    images
    images
    images


    थप गरिएको निषेधाज्ञालाई कडाइका साथ लागु गरिने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । यसपटकको लकडाउनलाई परिमार्जन समेत गरिएको छ । निषेधाज्ञाको समय अबधिभर व्युटिपार्लर र सैलुन बाहेक अन्य पसलहरु  बिहान ७ बजेदेखी दिउँसो १ बजेसम्म संचालन गर्न पाउने छन् ।

    images
    images
    images

    यस्तै बैङक वित्तिय संस्था ,सहकारी, वीमा कम्पनीहरु अफिस समयमा कार्यलयबाट मात्र सेवा दिनेगरि दिउँसो ३ बजेसम्म  सन्चालन गर्न पाउने भएका छन। जिल्ला भित्र निर्माण सामाग्री ,पुस्तक ,कृषि जन्य पदार्थ बोक्ने जिप तथा ट्रक सुरक्षा मापदण्ड अपनाएर सन्चालन हुन पाउने भएका छन ।


    जिल्लामा अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवाहरु बन्द रहनेछन् । निषेधाज्ञाको कसैले अबज्ञा गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अन्तरगत कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।