अनिष पन्थी, चैत २५, गुल्मी । गुल्मीको रेसुंगा वनमा लागेकाे आगाे अझै नियन्त्रणमा आउन सकेको छैन् । जिल्लाको धार्मिक एवम् पर्यटकीय स्थल समेत रहेको रेसुंगामा अवस्थित वनमा भीषण आगलागी भइरहेको छ।
बुधबार दिउँसोदेखि लागेको आगो अझैसम्म पनि नियन्त्रणमा आउन सकेको छैन्। आगो निभाउन प्रयास भैरहेको छ । तर आगो झन बढ्दै गएको छ।
यहाँ लागेको आगो नियन्त्रणमा नआउँदा स्थानीय त्रसित भएका छन्। रेसुंगा वनसंग विभिन्न वडाहरू जाेडिएका छन् । केही वडाका नजिक मानव बस्ती समेत रहेका छन् । यसले मानव बस्तिहरुमा आगलागीकाे जाेखिम बढ्दै गएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology