Logo

२०८३, श्रावण २७गते


images
images

सर्लाहीमा सहिदको परिवारलाई माओवादीले बनाइदियो घर, गृहमन्त्री श्रेष्ठले हस्तान्तरण गरे साँचो

सर्लाहीमा सहिदको परिवारलाई माओवादीले बनाइदियो घर, गृहमन्त्री श्रेष्ठले हस्तान्तरण गरे साँचो

images
  • सर्लाहीमा सहिदको परिवारलाई माओवादीले बनाइदियो घर, गृहमन्त्री श्रेष्ठले हस्तान्तरण गरे साँचो
    images
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्र सर्लाहीले जिल्लाका एकजना जनयुद्धकालीन सहिदको परिवारका लागि घर बनाइदिएको छ।  १० वर्षे जनयुद्धका क्रममा ज्यान गुमाएका सहिद इन्द्र कोइरालाको परिवारका निम्ति दाताहरुबाट सहयोग संकलन गरेर माओवादी केन्द्र जिल्ला कमिटीले घर बनाइदिएको हो।

    images
    images
    images

    बागमती नगरपालिका-१२ नयाँ बस्ती बथनियामा निर्मित घर  साँझ माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं उप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहिद कोइरालाको परिवारलाई हस्तान्तरण गरेका छन्।

    images
    images
    images

    एक समारोहबीच गृहमन्त्री श्रेष्ठले सहिद इन्द्र कोइरालाकी पत्नी लक्ष्मी कोइरालालाई घरको साँचो हस्तान्तरण गरेका हुन्। चारकोठे पक्की घर बनाउन झण्डै २१ लाख रुपैयाँ खर्च भएको निर्माण समितिका संयोजकसमेत रहेका माओवादी केन्द्रका युवा नेता सन्देश श्रेष्ठले जानकारी दिए।

    images
    images
    images

    जनयुद्धका क्रममा १० कात्तिक २०५५ मा सर्लाहीमा भएको आन्तरिक दुर्घटनामा कोइरालाको मृत्यु भएको थियो। उनी जनयुद्धका क्रममा सर्लाहीमा ज्यान गुमाउने पहिलो सहिद हुन्।

    दुई वर्षअघि माओवादी केन्द्र सर्लाहीले तत्कालीन जिल्ला अध्यक्ष कमल बुढाथोकीको अगुवाइमा सहिद कोइरालाको परिवारका लागि घर निर्माणको पहल अघि बढाएको थियो।

    हाल सर्लाहीको हरिवन नगरपालिकाका मेयरसमेत रहेका बुढाथोकी, बागमती नगरपालिकाका मेयर भरत थापा लगायतको पहलमा सहिद कोइरालाको परिवारका निम्ति घर निर्माण सम्पन्न भएको हो।

    पतिको निधनपछि लक्ष्मी कोइरालाले माइतीमा शरण लिएर आफ्ना दुई छोरा र दुई छोरी हुर्काएकी थिइन्। अत्यन्त विपन्न कोइराला परिवार आफ्नो घरसमेत नहुँदा आफन्तकोमा शरण लिन बाध्य भएको थियो। बागमती नगरपालिकाले निःशुल्क उपलब्ध गराएको जग्गामा सहिदको परिवारका लागि घर निर्माण गरिएको हो।

    पार्टीले निर्माण गरिदिएको घरको साँचो माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा गृहमन्त्री श्रेष्ठबाट बुझ्दै सहिद कोइरालाकी पत्नी लक्ष्मीले खुसी व्यक्त गरिन्।

    कार्यक्रममा मधेश प्रदेशका सांसद जबाहरलाल कुशवाहा, बागमती नगरपालिकाका मेयर भरत थापा, हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकी, मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख (डीआईजी) जनक भट्टराई, सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, एसपी नरेशराज सुवेदी, सशस्त्र प्रहरीका डीआइजी लगायतका सुरक्षा अधिकारीहरुको सहभागिता थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।