काठमाडाैं । रत्न राज्य लक्ष्मी क्याम्पसमा अध्यनरत विद्यार्थीले विभिन्न ८ बुदेँ मागसहित आन्दोलन गरेका छन् ।
विए प्रथम वर्षको परिक्षाको नतिजामा त्रुटि र प्राध्यापक लाेकनाथ काेइरालाकाे राजीनामाका विषयसहित ८ बुदेमाग राख्दै विद्यार्थीहरुले आन्दोलन गरेका हुन् ।
विए दोस्रो वर्षमा अध्यनरत विद्यार्थी समुन्द्र गिरिले भने, ‘विए प्रथम वर्षको नतिजा दोस्रो वर्षको परिक्षा दिने समयमा प्रकाशित हुन्छ । प्रकाशित भएको नतिजामापनि त्रुटि हुन्छ । आन्तरिक मुल्याङकन परिक्षा दिएको र दैनिक कलेज उपस्थित भए पनि नतिजा राम्रो आउँदैन । क्याम्पस प्रशासनलाई यसको बारेमा सोधे जवाफ दिदैँन् ।’
उनले नतिजा प्रकाशित भएको भोलि नै क्याम्पस प्रशासनसँग कुरा गरेको तर केही जवाफ नआएको बताए ।
त्यस्तै अर्का विद्यार्थी संगम राईले विद्यार्थीको समस्या समाधान गर्ने तर्फ भन्दा पनि झन समस्या निम्तयाउने तर्फ क्याम्पस प्रशासन लागेको बताएका छन् ।
उनले भने, ‘हामिले प्रशासनसँग कुरा गरौँ तर निकास अहिलेसम्म देखिएन् । उल्टै सम्बन्धित सर (लाेकनाथ) लाई राजिनामा दिन बाध्य बनायो । सरले ७ पेज लामो पत्र लेखि राजिनमा दिनु भयो । हामिले त्यहिँ पत्रमा औलाएको गल्तिहरुको छानिबनको माग गरेका हौँ ।’
उनले प्राध्यापक काेइरालाले लेखेको पत्रमा भएको कुराको छानबिन र आन्तरिक मुल्याङकनमा भएको गढबढिको छानबिन गर्ने माग गरेको बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology