काठमाडौं । उपप्रधानमन्त्री तथा गृमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकता विधेयक ल्याउने विषयमा राष्ट्रिय सहमतिको प्रयास भइरहेको बताएका छन् ।
बुधबारको संसद बैठकमा उनले राष्ट्रिय सहमति नभए पनि सरकारले विधेयक ल्याउने बताए । ‘नयाँ सिराबाट विधेक आउँछ । सहमतिको प्रयत्न गर्नु आवश्यक छ । नागरिकता संवेधनशील हो । नागरिकताको विषयमा राष्ट्र विभाजित नहुँदा राम्रो हुन्छ । यो राष्ट्रिय आवश्यकता हो,’ उनले भने ।
अघिल्लो सदनबाट पास भएर तत्कालीन राष्ट्रपति विद्या भण्डारीले प्रमाणिकरण नगरेपछि विधेयक राष्ट्रपतिको कार्यालयमा थन्किएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology