Logo

२०८३, कार्तिक २७गते


images
images

कमजोरी गरे सिडियोलाई पनि कारावाही गर्छु: गृहमन्त्री श्रेष्ठ

कमजोरी गरे सिडियोलाई पनि कारावाही गर्छु: गृहमन्त्री श्रेष्ठ

images
  • कमजोरी गरे सिडियोलाई पनि कारावाही गर्छु: गृहमन्त्री श्रेष्ठ
    images

    राजेश  पराजुली, पोखरा  । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्प प्रभावितको व्यवस्थापनमा कमजोरी गरे सिडियोलाई समेत कारवाही गर्ने चेतावनी दिएका छन् । चीन सरकारले दिएको राहत सामाग्री बुझे पछि पोखरा अन्तराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले जिल्ला विपद् व्यवस्थापन समितिलाई भूकम्प प्रभावितको पुनःस्थापनामा कुनै कसर बाकीँ नराख्न निर्देशन दिएको बताए ।

    images
    images
    images

    ‘भूकम्प प्रभावित खुल्ला आकाशमुनि कोही भयो भने, म्याट बिना कोही रहयो भने, ब्ल्यांकेट बिना कोही रहयो भने र खान पाएन भने तपाईहरुलाई कारवाही गछौँ । सामान चाहीय हामीलाई भन्नोस् हामी जसरी पनि पठाउछौँ । त्यसोत हामीले मृतक परिवारलाई दिने वाहेक त्यहाको खर्चको लागि होस् भनेर दुईवटै जिल्ला विपद् व्यवस्थापन समितिलाई ५/५ करोड तुरुन्तै पठाइसेका छौँ’ उनले भने ।

    images
    images
    images

    गृहमन्त्री श्रेष्ठले खान, बस्न, र ओड्ने ओच्छाउने सामाग्रीको कमी नहोस् भन्नेमा सरकार सचेत रहेको बताए ।

    images
    images

    ‘खुल्ला आकाशमुनि कोही पनि बस्न नपरोस् पाल प्राप्त गरोस् अर्थात त्रिपाल,  चिसो भूँइमा बस्न नपरोस् सबैलाई कमसेकम म्याट प्रदान गर्न सकौँ, जाडोमा ब्ल्यांकेट र खाध्यान बिहिन अवस्थामा कोही पनि बस्न नपरोस् भनेर जिल्ला विपद् व्यवस्थापन समितिलाई कडा निर्देशन दिएका छौँ’ उनले भने ।

    श्रेष्ठले भने– ‘तपाइहरुले सामान केही पुगेन भने हामीलाई खबर गर्नुहोस् तर, कोही त्रिपालमा हैन खाली आकाशमुनी छ रे, म्याट मा हैन भूईमा छ रे चिसोमा त्यतिकै कठ्यांग्रिएर बस्नुपरेको स्थिति छ रे वा खान पनि पाएको छैन भनेर सुन्न नपरोस् ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गृहमन्त्री श्रेष्ठ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।