देवदह । गाईभैसीमा देखिएको 'लम्पी स्किन' रोग नियन्त्रण गर्न देवदह नगरपालिकाको सक्रियता देखाएको छ । जसअनुसार सोमबार बिहान बसेको नगरपालिकाको विशेष बैठकले केन्द्र सरकारसंग खोप माग गर्ने लगायतका पाँच निर्णय गरेको छ।
सोमबार देवदह नगरपालिकाको कार्यवाहक नगर प्रमुख विद्यालक्ष्मी गुरुङको अध्यक्षतामा बसेको बैठकले पशु मा देखिएको रोग नियन्त्रण गर्न गम्भिरताका साथ सक्रिय हुने र सबै संयन्त्र परिचालन गर्ने निर्णय गरेको नगर प्रवक्ता गणेश डुम्रेले जानकारी दिए।

देवदहमा 'लम्पी स्किन' रोगको व्यापक संक्रमण भएर दर्जन बढी गाईको मृत्यु भएपछि आइतबार सेतोमसीले स्थलगत अनुगमन सहित समाचार प्रकाशन/प्रशारण गरेको थियो।
नगरपालिकाले गरेका पाँच निर्णयहरू यसप्रकार छन्:
१. लम्पी स्किन रोगले देवदहमा पशुपालक किसानलाई पारेको प्रभाव हालसम्म मरेका गाई संक्रमणमा परेका गाईको संख्या तिनको अवस्था रिपोर्टिङ सहित पशुलाइ तत्काल खोपको ब्यवस्था गर्न केन्द्र सरकारलाई अनुरोध गर्ने
२. लम्पी स्किन रोग सम्बन्धि पशुपालक किसानलाई जनचेतना जगाउने
३. लम्पी स्किनबाट गाई भैसिलाइ जोगाउन प्राथमिक उपचारमा जोड दिने र ज्वरोको लागि सिटमोल, घाउमा लगाउने मलम र दुखाइ कम गर्ने पेन्किलर पशुशाखाबाट निशुल्क उपलब्ध गराउने
४. वडागत रुपमा गाइ भैसिमा देखिएको समस्याको दैनिक रिपोर्टिङ पशुशाखामा गर्न किसानहरुमा अनुरोध गर्ने
५. रोग नियन्त्रणको लागि जनप्रतिनिधि पुर्णरुपमा परिचालन हुने र आजै १२ वटै वडा समितिको बैठक गरेर पशुपालक किसान माझ जनचेतनामूलक कार्यक्रम लिएर घर घरमा पुग्ने
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology