Logo

२०८३, आश्विन १०गते


images
images

पाल्पा महोत्सवमा मन्त्री सुदन किरातीले भने - पाल्पाको रहनसहन र संस्कृति काठमाडौंसंग मिल्छ

पाल्पा महोत्सवमा मन्त्री सुदन किरातीले भने - पाल्पाको रहनसहन र संस्कृति काठमाडौंसंग मिल्छ

images
  • सेतोमसी सहकर्मी
  • पाल्पा महोत्सवमा मन्त्री सुदन किरातीले भने - पाल्पाको रहनसहन र संस्कृति काठमाडौंसंग मिल्छ
    images
    images

    सन्जय सिंजाली मगर, काठमाडौ । पाल्पा महोत्सव भव्य रुपमा भृकुटी मण्डप स्थित राष्ट्रिय सभागृह मा सम्पन्न भएको छ  ।

    images
    images
    images

    पाल्पाली कला, सँस्कृति, खाना, उत्पादन, र पर्यटन प्रवद्र्धन तथा ऐतिहासिक, पुरातात्विक र धार्मिक क्षेत्रहरुको प्रचार प्रसार गर्ने उद्देश्यका साथ काठमाडौंमा पाल्पा महोत्सव गरिएको हो ।  

    images
    images
    images

    यस महोत्सवमा पाल्पा क्षेत्रभित्र पर्ने ऐतिहासिक सम्पदाहरु फोटो मार्फत प्रर्दशन गरिएको थियो साथै पाल्पाली ढाका प्रबद्धन गर्नका निम्ति पाल्पामा उत्पादीत ढाका प्रर्दशनका निम्ति स्टलहरु राखिएका थिए भने पाल्पा ऐतिहासिक मगरात क्षेत्रका रुपमा परिचित रहिआएको हुँदा प्राईम बुक स्टेशनरीले मगर सभ्यता, ईतिहास, धर्म सम्बन्धीत मगर बुद्धिजीवहरुको लेख तथा प्रकाशनहरु प्रर्दशनमा उतारेको थियो । त्यस्तै पाल्पामा पाईने लोकप्रिय खानाहरु बटुक, चुकाउने, सेलरोटी आदि लकल परिकारहरुको स्टल देखिन्थे । received_166581799346589.jpeg

    images
    images
    images

    सो कार्यक्रम संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती  विशेष आतिथ्यता भएको थियो । मन्त्री किरातीले  पर्यटन प्रवद्धधन गर्नु भनेको धेरै राम्रो सूरुवात रहेको बताए  ।

      कार्यक्रममा बोल्दै मन्त्री किरातीले भने- "पाल्पा दार्जिलिङ जस्तै आकार, हावा पानी उस्तै उस्तै रहेको पाईन्छ । मगर भाषाबाट नामाकरण गरिएको तानसेनको अर्थ उत्तरी बसोबास भन्ने रहेछ । ईतिहास हर्ने हो भने मगरहरुको बाहुल्य रहेको यो ठाउँमा उनीहरुको आफ्नै भाषा, धर्म, संस्कृति र इतिहास छ । तानसेनमा बसोबास गर्ने पहिलो जाति मगर भएको विश्वास गरिन्छ । करिव ६ सय वर्ष पहिले हालको नेपाल विभिन्न स–साना राज्यमा बाँडिएको थियो । त्यतिबेला यो ठाउँ १२ मगरातका नामले पनि चिनिन्थ्यो । मगरपछि यहाँ नेवार समुदायको बाहुल्य हुन पुग्यो । जुन कारणले तानसेनको रहन सहन र संस्कृति काठमाडौंसँग  मिल्दोजुल्दो छ ।" 

    यसरी जनजातिको भाषा, धर्म, संस्कृति र इतिहास संरक्षण गर्न सके त्यस क्षेत्रको अस्तित्व रहन्छ । यसरी पर्यटनले देशको मिरदण्ड बन्न सक्छ र यसले देशको आर्थिक लाई सवलीकरण गर्न ठूलो महत्वपूर्ण भूमिका खेल्दछ। पर्यटन संगसँगै स्वास्थ्य क्षेत्रलाई एकै साथै लग्न सकियो भने अझै सशकक्त रुपमा पर्यटनहरु भित्रने र आर्थिक रुपमा टेवा पुग्ने       उनको भनाई छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।