Logo

२०८३, आश्विन १०गते


images
images

राजनीति

प्रलोपा छोडेको सुदन किराँतीको घोषणा

प्रलोपा छोडेको सुदन किराँतीको घोषणा

images
  • प्रलोपा छोडेको सुदन किराँतीको घोषणा
    images
    images

    काठमाडौँ । सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को साधारण सदस्य समेत नरहने गरि छोडेका छन् ।

    images
    images
    images

    किराँतीले प्रलोपा छोडेको जानकारी गराएका हुन् । उनले करिब ५ महिनाको यस यात्रामा मार्गदर्शन गर्ने नेताहरू, हातेमालो गर्ने सम्पूर्ण साथीहरू तथा कर्मचारीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै यस अवधिमा प्राप्त अनुभवहरूलाई अमूल्य सम्पत्तिको रूपमा आत्मसाथ गरेको उल्लेख गरेका छन् ।

    images
    images
    images

    उनले संगठनसँगको औपचारिक सम्बन्ध अन्त्य भएपनि आगामी दिनहरूमा आपसी सम्मान, सद्भाव र मित्रवत सम्बन्ध यथावत् रहने विश्वास लिएको बताउदै उनले जनसमुदायको भरोसा र सहिदको अधुरो सपनालाई मुटुमा बोकेर जस्तोसुकै परिस्थिति आएपनि देश र जनताको सेवा, समर्पण र समाज रूपान्तरणको यात्राबाट पछि नहट्ने बताएका छन् ।

    images
    images
    images

    उनले आफ्नो आगामी बाटो सजिलो नहुने तर जनताको विश्वास र सहिदको बलिदानले देखाएको मार्गमा निरन्तर अघि बढिरहने बताएका छन् ।

    किराँती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा आवद्ध हुने तयारी गरेको बताइएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रलोपा
  • # सुदन किराती
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।