काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा अञ्जन श्रेष्ठ निर्वाचित भएका छन् । दोस्रो चरणको निर्वाचनको तयारी भइरहेका बेला वरिष्ठ उपाध्यक्ष पदका अर्का उम्मेदवार उमेशलाल श्रेष्ठले अञ्जनलाई वरिष्ठ उपाध्यक्षका रुपमा समर्थन जनाएपछि उनी निर्वाचित भएका हुन् ।
पहिलो चरणको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका तिन जना उम्मेदवार मध्ये कसैलेपनि ५० प्रतिशत मतभार कटाउन नसकेपछि दोस्रो चरणको निर्वचनको तयारी भइरहेको थियो । तेस्रो बनेका रामचन्द्र संघई वरिष्ठ उपाध्यक्ष पदको दौडबाट बाहिरिएपछि अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच निर्णायक निर्वाचन हुनुअघि नै सहमति जुटेको हो ।
अञ्जन श्रेष्ठ उद्योग वाणिज्य संघमा २० वर्षदेखि निरन्तर संलग्न हुँदै आएको नाम हो । उनले महासंघको कार्यसमिति सदस्यका रूपमा प्रवेश गरेर उद्योग, वाणिज्य समिति, रोजगारदाता परिषद, राजस्व समितिमा बसेर काम गरिसकेका छन् ।
राजस्व समितिमा दुई पटक सहसभापति समेत भइसकेका श्रेष्ठ यसअघि महासंघको वस्तुगततर्फको उपाध्यक्ष पदमा निर्वाचित भएका थिए । अघिल्लो निर्वाचनमा उनले यसपटकसमेत निर्णायक प्रतिस्पर्धीका रुपमा रहेका उमेशलाल श्रेष्ठलाई २५ मतान्तरले हराएका थिए । यसपटक उनै उमेशलालले वरिष्ठ उपाध्यक्षका रुपमा स्वीकार गरेपछि समहतीय वरिष्ठ उपाध्यक्ष बन्ने मौका उनले पाएका हुन् ।
नेपालको व्यवसायिक क्षेत्रमा महत्वपूर्ण भूमिका निवार्ह गर्न सफल भएका श्रेष्ठ सामान्य परिवारबाट व्यवसायमा आएका थिए । उनको परिवारले ३ सय रुपैयाँबाट सुरु गरेको व्यापारलाई आफैले नेतृत्व लिएर सुजल फुड नामबाट निर्यात समेत गर्नेगरी उत्पादन गरिरहेका छन् ।
अहिले सुजल फुड डेरी प्रोडक्टको सबैभन्दा ठूलो उत्पादक कम्पनी बन्न सफल भएको छ । यसका साथै, डेरी उद्योग, प्याकेजिङ उद्योग, अटो मोबाइल ट्रेडिङ, पूर्वधारको क्षेत्र, स्टिल म्यानिफेक्चरिङ, कृषि तथा उत्पादन क्षेत्रमा आवद्ध भई उनले नेपालको व्यवसायी क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology