Logo

२०८३, आश्विन १०गते


images
images

होटल संघ पोखराले आयोजना गर्ने फेवा नववर्ष महोत्सवको १८ औं संस्करण सुरु

होटल संघ पोखराले आयोजना गर्ने फेवा नववर्ष महोत्सवको १८ औं संस्करण सुरु

images
  • होटल संघ पोखराले आयोजना गर्ने फेवा नववर्ष महोत्सवको १८ औं संस्करण सुरु
    images
    images

    राजेश  पराजुली, पोखरा । पोखरा नेपाली नयाँ वर्षको अवसरमा होटल संघ पोखराले आयोजना गर्ने फेवा नववर्ष महोत्सवको १८ औं संस्करण सुरु भएको छ । महोत्सवको बुधबार पोखरा महानगरका मेयर धनराज आचार्यले उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै उनले पोखरा केन्द्र सरकारले औपचारिक रुपमा घोषणा गरेपनि नगरेपनि पर्यटकीय राजधानी रहेको बताए । केन्द्र सरकारले घोषणा नगरे विशेष कार्यक्रम गरेर पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिने उनको भनाई छ ।

    images
    images
    images

    केन्द्र सरकार पनि पोखरालाई पर्यटकीय राजधानी घोषणाका गर्ने सन्दर्भमा सकारात्मक रहेको तर थोरै प्राविधिक रुपमा ढिलाई भइरहेको जवाफ भएको भन्दै उनले यदि केन्द्र सरकारले घोषणामा आलटाल गरे महानगरले नै विशेष कार्यक्रम गरेर पर्यटकीय राजधानी घोषणा गर्ने उनले घोषणा गरे । ‘पोखरा पर्यटकीय राजधानी हो । यहाँको प्रदेश सरकार र महानगरले पर्यटकीय राजधानी घोषणाका लागि यस अगाडि नै पटक पटक निर्णय गरेरै केन्द्र सरकारलाई आग्रह गरेको छ ।

    images
    images
    images

    हामीले निरन्तर पर्यटकीय राजधानी घोषणाका लागि आग्रह गरिरहेका छौं । पूर्व र वर्तमान प्रधानमन्त्रीले पनि आस्वासन दिइरहनुभएको छ । फाइल प्रमुख सचिवकोमा पुगेर अड्केको छ । केही प्राविधिक रुपमा टुंग्याउनुपर्ने भनिएको छ । यदि पर्यटकीय घोषणा गर्न ढिलाई भयो भने महानगर आँफैले विशेष कार्यक्रम गरेरै भएपनि पर्यटकीय राजधानी घोषणा गरेरै छाड्छ’ उनले भने ।

    images
    images
    images

    मेयर आचार्यले रत्न मन्दिर र हिमागृह छिट्टै खोल्ने तयारी भइरहेको जानकारी दिँदै पोखरा महानग पर्यटकीय पूर्वाधार निर्माणा लागि लागि परेको बताए । विभिन्न प्रकारका विकास योजनाहरु अगाडि बढाइएको चर्चा गर्दै उनले रिजल्टका लागि केही समय धैर्य गर्न अग्रह गरे ।

    होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाह, होटल संघ गण्डकीका अध्यक्ष हरि शर्मा गैह्रे, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाही, पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ र होटल संघ पोखराका महासचिव राजेन्द्र ढकाल लगायतले उक्त अवसरमा बोलेका थिए ।

    नेपाली नयाँ वर्षको अवसरमा फिस्टेल गेटदेखि हल्लन चोकसम्मको सडकमा यो महोत्सव हुँदैछ । १ बैशाख चल्ने महोत्सवको पहिलो दिन उद्घाटन पूर्व सांस्कृतिक झाँकी र र्‍याली प्रदर्शन गरिएकाको थियो । ख्यातिप्राप्त कलाकारको प्रत्यक्ष संगीत प्रस्तुति, सांस्कृतिक झाँकी र खानाका परिकार महोत्सवमा रहनेछ । संघअन्तर्गतका होटलले महोत्सवमा प्रकाशित दररेटमा २० प्रतिशत छुट दिनेछन् ।

    ‘थला परेको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्दै आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्न पर्यटन, संस्कृति र खानालाई जोड दिनु महोत्सवको मुख्य उद्देश्य रहेको होट संघ पोखराका अध्यक्ष सुवेदीले बताएका छन् । नेपाली नयाँ वर्षलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत प्रचारप्रसार गरी हर्ष, उल्लासका साथ मनाउँदा गण्डकी प्रदेशको पनि पर्यटन प्रवर्द्धन हुने उनले बताए । महोत्सवले गण्डकी प्रदेशको जातीय वेषभूषा रहनसहन, खानपान, सांस्कृतिक पक्षको उजागर र प्राकृतिक सम्पदाको प्रवर्द्धन गर्ने विश्वास संघले लिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # होटल संघ पोखरा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।