Logo

२०८३, आश्विन ९गते


images
images

होटल संघ पोखराको साधारणसभा सम्पन्न

होटल संघ पोखराको साधारणसभा सम्पन्न

images
  • होटल संघ पोखराको साधारणसभा सम्पन्न
    images
    images

    राजेश पराजुली, पोखरा । निर्माणको अन्तिम चरणमा पुगेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै मितिमा संचालनका लागि आबश्यक तयारी तीव्र पार्न सरोकारवालाहरुले जोड दिएका छन् । 

    images
    images
    images

    होटल संघ पोखरा नेपालको ४१ औं वार्षिक साधारण सभाका अवसरमा वक्ताहरुले उक्त विमानस्थल संचालनमा ल्याउने क्रममा पहिलो उडान अन्तर्राष्ट्रिय प्रकृतिको नै हुनुपर्ने माग गरे । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै संघका अध्यक्ष लक्ष्मण सुवेदीले लामो दवावपछि विमानस्थलको निर्माण कार्य अनसन नै बसेर सुरुवात गराउनुपरेको स्मरण गराए । उनले नयाँ विमानस्थललाई घरेलु विमानस्थलका रुपमा अगाडि बढाउने चलखेल हुन सक्ने भन्दै त्यसविरुद्ध सम्पूर्ण गण्डकी प्रदेशवासी एक हुनुपर्ने भनाई राखे ।

    images
    images
    images

    सो अवसरमा बोल्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले विमानस्थल संचालनमा ल्याउनुपूर्व गर्नुपर्ने रिट्ठेपानी डाँडाको कटान र ल्याण्डफिलसाइटको स्थान्तरण समयमै हुनुपर्नेमा जोड दिए । उनले डाँडो कटान सक्न ६ महिना सम्मको अवधि लाग्ने कुरा समेत उठेको भन्दै यसले विमानस्थलको संचालन पछि धकेल्नसक्नेतर्फ ध्यानाकर्षण गराए । आबश्यक परे परिषद् र यस अन्तर्गतका संस्थाहरु डोजर लिएर डाँडो काट्न जानुपर्ने भनाई पनि उनले राखे ।

    यसअघि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कार्यक्रमको उद्घाटन गरेका थिए । उनले पोखराको विकासका लागि आफू दिनरात नभनी खटिरहेको बताउँदै पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने सवालदेखि विमानस्थल संचालनसम्मका कामप्रति आफू सचेत रहेको भनाई राखे । 

    पोखरा र गण्डकी प्रदेशको पर्यटन’ उद्घोषसहित संघले आयोजना गरेको साधारणसभामा बोल्दै होटल संघ नेपाल (हान) की अध्यक्ष सिर्जना राणाले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने सवालमा केन्द्रिय हानको पूर्ण सहयोग रहने भनाई राखिन् । 

    अब सरकारको मात्र मुख ताकेर बस्ने अवस्था नभएको भन्दै उनले प्रबद्र्धन लगायतका काममा व्यवसायी आफैं अगाडि बढ्नुपर्ने वेला आएको बताइन् । 

    पर्यटक आगमन दरको अवस्था हेर्दा अहिले पनि नेपालको पर्यटन जटिल अवस्थामा रहेको पुष्टी हुने उनले सुनाइन् । जमना अनुसार अहिले डिजिटल र आधुनिक मार्केटिङमा जोड दिनुपर्ने अवस्था आएको बताउँदै उनले कुन प्रकारका पर्यटक हामीले भित्र्याउन खोजेको हो त्यसमा प्रष्ट हुनुपर्ने भनाई राखिन् । 

    सरकारले पर्यटन क्षेत्रलाई पनि उद्योगको मान्यता दिनुपर्ने माग राख्दै उनले चालू बजेटमा पर्यटनका लागि विगतमा जस्तो राहातका कार्यक्रम नसमेटिनु आश्चर्यलाग्दो भएको बताइन् । 

    हानका केन्द्रिय सदस्य एवं होटल संघ पोखरा नेपालका सल्लाहकार भरतराज पराजुलीले पृथ्वीराजमार्गको मुग्लिन पोखरा खण्ड र महेन्द्र राजमार्गको वुटवल नारायणगढ खण्डमा सडकको स्तरोन्नती अति सुस्त गतिमा हुँदा पर्यटनलाई असर परेको बताए । 

    यसकारण पनि पोखराको नयाँ विमानस्थल यथासक्य शीघ्र संचालनमा ल्याई रातिमा समेत उडान हुने व्यवस्था गर्नुपर्ने भनाई पराजुलीले राखे ।होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले कोभिडपछि पनि सरकारले चर्को कर असुल्न नछाडेको भन्दै पर्यटन क्षेत्रमा मजदूरका लागि व्यवस्था गरिएको १० प्रतिशत सेवा शुल्क दुईतीन बर्ष स्थगित गर्न सके कोभिडले थला परेको पर्यटन क्षेत्र अघि बढ्न सहज हुने भनाई राखे । 

    उनले घण्टा प्रणालीको आधारमा मजदूरलाई काम लगाउने व्यवस्था पनि सुरु गर्नुपर्ने वेला आएको बताए । सो अवसरमा संघका महासचिव राजेन्द्र ढकालले संघले एक बर्षमा गरेका र आगामी कार्यक्रमबारे अवगत गराएका थिए ।

    कार्यक्रममा वक्ताहरुले कोभिडपछि पर्यटन क्षेत्र विस्तारै लयमा फर्के पनि सरकारले गतबर्षजस्तो राहातका कार्यक्रम नल्याएको गुनासो गरेका थिए । कोभिडका वापजूद होटल क्षेत्र हतोत्साही नभएको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले भनाई राखेका थिए । कोभिडका कारण धेरै मजदूर र व्यवसायी पलायन भएको स्मरण गराउँदै उनले व्यवसायीका समस्या बुझ्ने र सोही अनुसारको कानून बनाउने सरकार जरुरी भएको भनाई राखे । नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी र होटल संघ पोखरा नेपालका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले पनि कार्यक्रममा भनाई राखेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # होटल संघ पोखरा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।