Logo

२०८३, आश्विन ९गते


images
images

होटल संघ पोखरा नेपालले १९ औं फेवा नव बर्ष महोत्सव गर्दै

होटल संघ पोखरा नेपालले १९ औं फेवा नव बर्ष महोत्सव गर्दै

images
  • होटल संघ पोखरा नेपालले १९ औं फेवा नव बर्ष महोत्सव गर्दै
    images
    images

    राजेश पराजुली, पोखरा । होटल संघ पोखरा नेपालले १९ औं फेवा नव बर्ष महोत्सवको तयारी अगाडि बढाएको छ । यही चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म लेकसाइड स्थित स्ट्रिट  नम्बर १ देखि हल्लन चोकसम्मको सडकमा यो महोत्सव आयोजना हुँदै छ ।

    images
    images
    images

    पोखरालाई पर्यटकीय राजधानी घोषणासँगै नेपाली नयाँ बर्षको अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २० प्रतिशत सम्म छुटको घोषणा गरिएको १९ औं फेवा नव बर्ष महोत्सवका संयोजक एवं संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।                         

    images
    images
    images

    यही चैत ४ गते पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अगाडि बढाइएको छ । यही खुसीमा नयाँ बर्षमा पर्यटकलाई होटलका कोठामा छुटको घोषणा गरिएको संयोजक सुवेदीले स्पष्ट पारे ।

    images
    images
    images

    संघले विगत दुई दशक अघिदेखी नेपाली नयाँ वर्षको अवसरमा “पर्यटन, संस्कृति र खाना” भन्ने मूल नाराका साथ यो महोत्सव आयोजना गर्दै आइरहेको छ । अंग्रेजी नयाँ बर्ष जस्तै नेपाली नयाँ बर्षलाई पनि महोत्सवका माध्यमबाट उत्तिकै धुमधामका साथ मनाउने तयारी संघले अगाडी बढाएको हो ।

    कोभिड १९ पश्चात् पूर्ववत् अवस्थामा फर्कन नसकेको होटल तथा पर्यटन क्षेत्रलाई चलायमान बनाउँदै  महोत्सवका माध्यमबाट पोखरालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचारप्रसार गरी गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उदेश्य महोत्सवले लिएको छ ।

    महोत्सवका माध्यमबाट गण्डकी प्रदेशको जातीय भेषभुषा, रहनसहन, खानपान, साँस्कृतिक पक्षहरुको उजागर गर्दै प्राकृतिक सम्पदाहरुको संरक्षण गर्न समेत पहल गरिने संघका महासचिव एवं महोत्सवका प्रचार संयोजक राजेन्द्र ढकालले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # होटल संघ पोखरा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।