Logo

२०८३, श्रावण २७गते


images
images

सुख्खा गाउँको दु:खको कथा

सुर्खेतको रेक्चा गाउँ जहाँ दुई गाग्री पानीले चल्छ दैनिकी, अनि महीनौं कुर्नुपर्छ नुहाउनलाई

सुर्खेतको रेक्चा गाउँ जहाँ दुई गाग्री पानीले चल्छ दैनिकी, अनि महीनौं कुर्नुपर्छ नुहाउनलाई

पानीको अभावकै कारण गाईबस्तुहरुले तीन दिनमा एकपटक मात्र आफ्नो तिर्खा मेटाउन पाउँछन् त्यो पनि धीत मरुन्जेल कहाँ हो र ? अड्कलेर मात्र !
images
  • सेतोमसी सहकर्मी
  • सुर्खेतको रेक्चा गाउँ जहाँ दुई गाग्री पानीले चल्छ दैनिकी, अनि महीनौं कुर्नुपर्छ नुहाउनलाई
    images
    images

    गणेश भुसाल, सुर्खेत । सुर्खेत जिल्लामा पर्ने चौकुने गाउँपालिकामा विगत लामो समयदेखि पानीको समस्या छ । गाउँपालिकाको रेक्चा भन्ने ठाउँको अवस्था यस्तो छ कि दैनिक दुई गाग्री पानीले गुजारा चलाउनुपर्छ । नुहाउनलाई महिना कुर्नुपर्छ र पनि पाइन्छ पाईदैन पत्तो हुँदैन । पानीको अभावकै कारण गाईबस्तुहरुले तीन दिनमा एकपटक मात्र आफ्नो तिर्खा मेटाउन पाउँछन् त्यो पनि धीत मरुन्जेल कहाँ हो र ? अड्कलेर मात्र !

    अत्याधिक टाढासम्म पनि पानीको कुनै मुहान नहुँदा रेक्चा गाउँपालिकाका बासिन्दाहरुले आकाशे पानीको भरमा जीवन निर्वाह गरिरहेका छन् । आकाशे पानी जम्मा गर्न इनार बनाईएको स्थानीयहरु बताउँछन । एक स्थानीयका अनुसार उनले तीन महिनादेखि आफ्नो नुहाउने पालो कुरिरहेका छन्, अझै थाहा छैन उनले कहिले नुहाउन पाउने हुन ।  received_4708713759157052.jpeg

    सुख्खा क्षेत्र भनेर चिनिने चौकुने गाउँपालिकाको रेक्चा गाउँ लगायतका गाउँहरुमा सदाबहार पानीको समस्या देखिन्छ । दुई गाग्री पानी मात्र पाइने रेक्चा गाउँमा नुहाउने र कपडा धुने भनेको सपनाको कुरा जस्तै हो । यहाँको स्थिति यति दयनीय छ कि गाईवस्तुले पर्याप्त पानी दिनहुँ पिउने अवसर पनि प्राप्त गर्दैनन् ।

    पानीकै समस्याले गर्दा विद्यार्थीहरु समयमा विद्यालय नपुग्ने समस्याहरु देखिन्छ । पानीको समस्या भएको उक्त गाउँमा प्राथमिक तह भन्दा माथिको तह अध्ययनरत गर्न अध्ययन गर्न गाउँबाट दुई घन्टाको यात्रा गर्नुपर्दछ ।

    शिक्षामा पनि उचित पहुँच नपुगेको चौकुने गाउँपालिकाको रेक्चा गाउँ लगायतका विभिन्न गाउँहरुमा बालबालिकाहरू दुई घन्टाको यात्रा तय गर्न नसकेर प्राथमिक तहमै विद्यालय छोड्न बाध्य छन् । प्राथमिक तहपछि विद्यालय छोडेका बालबालिकाहरू घरायसी काममा व्यस्त हुने तथा कोही बजार तथा अन्य क्षेत्रमा काम गर्न जाने गर्दछन् ।

    स्थानीयका अनुसार चौकुने गाउँपालिकाभित्रका वडा नम्बर २ बाहेक सम्पूर्ण वडाहरुमा पानीको उस्तै समस्या छ । सम्पन्न परिवारहरु सबैजना बजार झरेका छन् । गाउँमा बस्ने सोझा साझा जस्को कहिँ जाने ठाउँ छैन उनीहरू साच्चिकै नर्कको जिन्दगी जीईरहेका छन् भन्न सकिन्छ ।

    पानीमा पनि दलिय झगडा र छुवाछूतको समस्या ?

    त्यसो त गाउँमा पानी व्यवस्थापनको लागि काम गर्ने भन्ने योजना नबनेका होइनन् । वर्तमान समयमा परेको बजेट १ करोड ७२ लाख रुपैयाँ गाउँपालिका अध्यक्ष एमाले र स्थानीयवासीहरु माओवादी हुँदा विवाद भएपछि त्यो पैसा पनि सबै सदुपयोग नभएको गाउँपलिकाका प्रेस सहायक नन्दराम खनाल बताउँछन । स्थानीय दलहरुको अनावश्यक खिचातानी र जुँगाको लडाईले बनेका योजनाहरु समेत कार्यान्वयन गर्न नसकिएको उनको भनाई छ ।

    हामीले यस विषयमा कुरा गर्न खोज्दा गाउँपालिका अध्यक्ष सम्पर्कमा आउन चाहेनन् । तर, उनका प्रेस सहयोगीसंग हामीले झन्डै ४० मिनेट गरेको टेलिफोन बार्तामा उनले अधिकांश समय प्रतिपक्षीको कारण विकास हुन नसकेको बताए ।

    त्यसो त यहाँ पानीको समस्यासंगै जातीय छुवाछूत समेत नांगो रुपमा देख्न सकिन्छ । जसको उदाहरण हो कथित उपल्ला जातीलाई छुट्टै र दलित समुदायलाई व्यवस्था गरिएको छुट्टै इनार । यसबारे खनालसंग प्रश्न गर्दा आफुलाई पनि पछिमात्र यसबारे थाहा भएको बताए ।

    व्यवस्था फेरियो, नेता फेरिए तर रेक्चाको जीवन फेरिएन

    पश्चिमको सम्पन्न शहर भनेर चिनिने सुर्खेतबाट ६०-७० किलोमीटरको दुरीमा रहेको यो गाउँपालिकाले राणाकाल हुँदै गणतन्त्रसम्म देख्यो तर घरको आगनमा पानीको धारा देखेन । तत्कालीन गाउँ विकास समिती र हालको गाउँपालिकामा अध्यक्ष फेरिए । कर्मचारी फेरिए । तर, रेक्चाबासीको जिन्दगी फेरिएन ।

    संविधान र नेताको भाषणमा अधिकार र समृद्धिमात्रै छ तर जनताको जीवनमा दु:ख र पिडाका पहाड बाहेक केहि छैन । गाँस, वास, कपास, स्वास्थ्य, शिक्षा र रोजगार समेत राज्यको दायित्व र नागरिकको अधिकार भनिएको संविधान भएको देशमा पानीको हाहाकार ! पानी रेक्चावासीको अधिकार हो । संवन्धित पक्षको त्यसतर्फ ध्यान जान अब ढिला नहोस्  ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।