Logo

२०८३, श्रावण २७गते


images
images

दशबुँदे सहमतिपछि सुर्खेतमा यातायात‌ पुनः सञ्चालन

दशबुँदे सहमतिपछि सुर्खेतमा यातायात‌ पुनः सञ्चालन

images
  • दशबुँदे सहमतिपछि सुर्खेतमा यातायात‌ पुनः सञ्चालन
    images
    images

    सुर्खेत । सुर्खेतमा शुक्रबार बिहानदेखि बन्द‌ भएको सार्वजनिक यातायात सेवा पुनः सञ्चालन भएका छन् ।

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालय र यातायात‌ व्यवसायीबीच भएको दशबुँदे सहमतिपछि यातायात‌ व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् ।

    images
    images
    images

    प्रशासन र यातायात व्यवसायीबीच तोकिएका काउन्टरबाट मात्र टिकट लिनुपर्ने, बसपार्क बाहिरबाट यात्रु चढाउन नपाइने, बसपार्क बाहिरबाट यात्रु चढाउन नपाइने, बसपार्कबाटै तोकिएको गन्तव्यतर्फ प्रस्थान गर्नुपर्ने, तोकिएको भाडादरअनुसार मात्र भाडा लिनुपर्ने, अनिवार्य रूपमा टिकट जारी गर्नुपर्ने, सीट क्षमताभन्दा बढी यात्रु बोक्न नपाइने, अनुमति प्राप्त सिटमा कुनै किसिमको हेरफेर गर्न नपाइने, दर्ता भएको प्रयोजनअनुसार मात्र सवारी साधन सञ्चालन गर्नुपर्ने र यसअघि बन्द गरिएका सार्वजनिक यातायात सेवा तत्काल सञ्चालनमा ल्याउने सहमति भएको थियो ।

    images
    images
    images

    यसअघि प्रहरीले यातायात मजदुरहरूलाई धरपकड तथा पक्राउ गरेको र रातो नम्बर प्लेटका सवारीसाधनले यात्रु बोक्नबाट नरोकेको विरोधमा सुर्खेतका यातायात व्यवसायीहरूले शुक्रबार बिहानैदेखि सार्वजनिक यातायात बन्द गराएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुर्खेत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।