सुशील खनाल, गुल्मी। केही दिन अगाडि देखि लगातार परेको अविरल वर्षाका कारण गुल्मी जिल्लाको जनजीवन अस्तव्यस्त तथा कष्टकर भएको छ । सदरमुकाम तम्घास लगायत जिल्लाभरका सहरी तथा ग्रामीण भेगका सडक पहिरोका कारण अबरुद्ध र हिलाम्मे भएका छन् ।
जिल्लाको १२ वटा स्थानीयतहनै अविरल वर्षाका कारण आकुल व्याकुल भईरहेको अबस्था छ।वर्षाका कारण जिल्लाकाे धुर्काेट गाउँपालिका वडा नः४ मा मात्र ५० भन्दा बढी घर जाेखिममा रहेका छन्। पहिरोका कारण कयौ घर परिवार विस्थापित हुने अवस्थामा पुगेकाे वडा अध्यक्ष मान बहादुर कुबंरले जानकारी दिनुभयो ।
विस्थापित घर परिवार र जाेखिममा रहेका घर परिवार लाई नजिकैको बिधालय ,छिमेकी र आफ्नत लाई जिम्मा लगाईएकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology