Logo

२०८३, श्रावण २७गते


images
images

बिदेशी भुमिबाट कारागारका बन्दीहरुलाई खेलकुद र स्वास्थ्य सामाग्री सहयोग 

बिदेशी भुमिबाट कारागारका बन्दीहरुलाई खेलकुद र स्वास्थ्य सामाग्री सहयोग 

images
  • बिदेशी भुमिबाट कारागारका बन्दीहरुलाई खेलकुद र स्वास्थ्य सामाग्री सहयोग 
    images
    images

    गुल्मी । गुल्मी कारागारमा रहेका कैदिहरुलाई खेलकुद र स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको छ । गुल्मेली समाज जापानका सदस्य इस्मा गाउँपालिका -६ अमरपुर निवासी हाल रोजगारीको सिलसिलामा जापानमा कार्यरत रामचन्द्र कुँवरले स्वर्गीय ममतामयी माता पशुपति कुँवरको सम्झनामा  कारागारका बन्दीहरुलाई कोरोना भाइरसको सङक्रमणबाट  कैदिहरु पनि अछुतो रहन नसकेको यो समयमा आवस्यक पर्ने ५०० पिस सर्जिकल मास्क,५ लिटर सेनिटाइजर लगाएतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको नेपाल पत्रकार महासंग गुल्मीका उपाध्यक्ष रेशम कुँवरले बताएका छन ।

    त्यस्तै, कैदिहरुपनि स्वस्थ  र निरोगि बन्न सकुन भन्ने हेतुका साथ व्याटमिन्टन ४ पिस, लुडो खेल सेट ४ , चेस १ सेट, व्याटमिन्टन कक १ डव्वा, भलिबल १ सेट, बल भर्ने पम्प १ सेट लगाएतका सामाग्रि हस्ताणतरण गरिएको उपाध्यक्ष कुँवरले बताएका छन ।

    नेपाली कांग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले बन्दिलाई स्वास्थ्य सामाग्रि र खेलकुद सामाग्रि हस्तान्तरण गर्दै “ कोरोना भाइरसका कारण विश्व नै आक्रन्त भैरहेको यस दुखद घडिमा कसैको पनि नजर जान नसकेको समयमा जिल्ला कारागारका बन्दीलाई बिदेशमा भए पनि सम्झिएर पुण्य  काम गरेकोमा” धन्यवाद व्यक्त गरेका छन् ।

    त्यस्तै बन्दीलाई स्वास्थ्य सामाग्रि र खेलकुद सामाग्री हस्तान्तरण   गरेकोमा जिल्ला कारागार गुल्मीका बन्दी (नाइके) यमबहादुर सुर्यवंसिले रामचन्द्र कुँवर र हस्तान्तरण गर्ने नेपाली कांग्रेस  गुल्मीलाई धन्यवाद दिएका छन ।

    कार्यक्रममा नेपाली कांग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठ, उपसभापति बिष्णु बलाल, सचिव खिलध्वज पन्थी पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष रेशम कुँवर, सह सचिव तेजेन्द्र श्रेष्ठ, जिल्ला सदस्य रमेश विस्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।