पाल्पा । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले आफ्नो निर्वाचन क्षेत्र पाल्पा रैनादेबि छहरा गापाको वडा ७ बल्ढेङगढि र वडा न . ६ जुठापौवामा शुक्रबार भेट गरेका छन्।
भेटघाटमा सभामुख घर्ती मगरलाई वडा ७ का अध्यक्ष देबेन्द्र पुन, सचिव हुम बहादुर कुँवर लगायत विभिन्न दलका स्थानीय नेताहरू स्वागत गर्दै सडकको स्तरोन्नति , खानेपानी, सिचाइ , शिक्षा लगायतका योजनाहरुको माग, गुनासा र समस्या राखेका थिए । उनीहरूले ऐतिहासिक बलिहाङ मन्दीरको जिर्नोद्वार, जोगदमार - कंचन सिचाइ कुलो मर्मत ,सुन्दरे- साल्झन्डि मोटरबाटो पिच, ढाव -काउले लिफ्तिनिङ खानेपानी अधुरोमा बजेट थप, गहते माबिमा शिक्षक दरबन्दी , टेलिकमको रिपिटर टावरको आवस्यकता, पाल्पा सिमानामा स्वास्थ्य चौकीको योजनाको माग गरेका थिए।
कार्यक्रममा सभामुख घर्ती मगरले विकास निर्माणमा आफुले पहिले पनि प्राथमिकता दिएको बताउदै स्थानीयको जिबिकोपार्जनमा टेवा पुर्याउने गरि योजना ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा उनले बल्ढेङगढिमा अवस्थित बलिहाङ राजाको दरबार र मन्दिरको प्रबर्द्धमा विशेष जोड दिएको बताए। पर्यटकिय क्षेत्रको विकासलाई स्थानीयको आर्थिक विकासमा जोडेर लैजाने बताउदै उनले बल्ढेङगढि क्षेत्रको प्रबर्द्धनले सिङ्गो जिल्लाको मुहार फेर्न सकिने धारणा व्यक्त गरे ।
आफुले समग्र पाल्पाको कृषि, शिक्षा , स्वास्थ्य पर्यटन , भौतिक पुर्बाधार विकासलाई प्राथमिकता दिने उनको भनाई छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology